MENU

मनोरञ्जन

Ncell Axiata

नक्कली जन्मदिनले जितु हैरान

काठमाडौं, वैशाख १८ – कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् । तर उनलाई शुभचिन्तकहरुको शुभकामनाले निकै नै हैरान बनाएको छ । खास कुरा जितुलाई हुँदै नभएको जन्मदिनले दिक्क बनाएको हो । 

सामाजिक सञ्जाल फेसबुकमा उनको सोमबार जन्मदिन देखिएको छ ।  फेसबुक खाता खोल्ने समयमा आफू त्यति धेरै जानकार नभएकाले साथीहरुलाई खोल्न लगाएको र उनीहरुले आफ्नो जन्मदिन गल्ती राखिदिएर आज जन्मदिन परेको जितुले बताए । अंग्रेजी मिति अनुसार १९७५ जुन १५ मा जन्मेका उनको महिना र गते गल्ती हुँदा जन्मदिन नपर्दा पनि शुभकामनाको आइरहेको हो । उनको फेसबुकमा १९७५ मे १ जन्म मिति राखिएको छ ।  

खास जन्मदिन असार १ गते भएका जितुले सामाजिक सञ्जालमा भएको गल्तीका कारण वर्षमा दुई पटक जन्मदिन पर्दा रमाइलो भएको पनि खुलाएका छन् । तर उनलाई फोनको घण्टी लगातार बजेर हैरानी भने भएको छ । उनले कसैको फोन उठाएका छन् त कसैको उठाएका छैनन् ।

लगातार आफूलाई शुभकामना आईरहेपछि उनले सामाजिक सञ्जाल फेसबकमा पनि घुमाउरो पारामा लेखेका छन्, ‘फेसबुकमा लेख्नेहरूले पनि विचार गर्नु होला है, यता नि महाअभीयोग लाग्ला‍‍...’ अहिले जितु सिनेमा ‘छक्का पञ्जा–२’ को सुटिङमा व्यस्त छन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया