MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

अमेरिकी पानी जहाजको रक्षाका लागि जापानले पठायो लडाकु पानी जहाज

वैशाख १८ – जापानले अमेरिकी पानी जहाजको सुरक्षाका लागि ठूलो लडाकु पानी जहाज पठाएको छ । सेनाको भूमिका बढाउने सम्बन्धी विवादास्पद कानुन पारित गरेको जापानले आफ्नो समुद्री क्षेत्रमा ठूलो लडाकु पानी जहाज पठाएको हो ।

हेलिकप्टरसहितको इजुमो लडाकु पानी जहाजले हातहतियारसहितका युद्धक सामान आपूर्ति गर्ने अमेरिकी पानी जहाजको स्कर्टिङ गरेको बिबिसीले जनाएको छ । अमेरिकी पानी जहाज तेल हाल्नका लागि इजुमो तर्फ गइरहेको छ । यसमा अमेरिकाको कार्ल भिनसन विमान बाहक समूह पनि छ ।

उत्तर कोरियाले कार्ल भिनसन तथा अमेरिकी लडाकु पानी जहाजलाई समुद्रमा डुबाउने चेतावनी दिएको छ । उत्तर कोरियाको यही चेतावनीपछि जापानले अमेरिकी पानी जहाज तथा कार्ल भिनसनको सुरक्षाका लागि ९ वटासम्म हेलिकप्टर बोक्न सक्ने दुई सय ४९ मिटर लामो इजुमो लडाकु पानी जहाज पठाएको हो ।

योकोसुकाबाट गएको जापानी लडाकु पानी जहाजले युद्धक सामान आपूर्ति गर्ने अमेरिकी पानी जहाजसँग सहकार्य गर्ने छ । जापानले आफ्ना सहकर्मी देशका सेनाको सुरक्षाका लागि आफ्नो सेनालाई पठाउने गरेको छ । उत्तर कोरियाको समस्या समाधानका लागि अमेरिका र जापानले सहकार्य गर्दै आएका छन् ।

पछिल्लो समय उत्तर कोरियाले लगातार गरिरहेको मिसाइल तथा आणविक परीक्षणका बिच कोरियाली प्रायद्विपमा तनाव उच्च भएको छ । उत्तर कोरियाको आणविक कार्यक्रमले जापान, अमेरिका तथा दक्षिण कोरियामा सुरक्षा चुनौती बढेको विश्लेषण पनि गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया