MENU

मनोरञ्जन

Ncell Axiata
sagun

‘प्रेम गीत–२’ को कभर गीत प्रतियोगिता सुरु

काठमाडौं, वैशाख १८ – नेपाली चलचित्र ‘प्रेम गीत—२’ को कभर गीत प्रतियोगिता सुरु भएको छ । चलचित्र निर्माण टिमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गीतको ट्रयाक र प्रतियोगताको बारेमा जानकारी गराएको हो । ‘कभर विश्वव्यापी प्रतियोगिता’ नाम राखिएको यस प्रतियोगितामा विश्वको जुनसुकै कुनामा हुनेले पनि ‘कहाँ नि यो प्रेम गीत को’ गीत गाएर भाग लिन पाउने छन् । प्रतियोगीले आफूले गाएको गीतको म्युजिक भिडियो आउँदो असार २० गनेसम्म यूट्युबमा अपलोड गरिसक्नु पर्ने छ ।  

यस्तै भिडियोको लिंकसहित [email protected] मा उठाउनु पर्नेछ । प्रतियोगीले पठाएको भिडियो असार ३० गतेदेखि हाइलाईटस् नेपालको युट्युब च्यानलमा अपलोड गर्नेछ । भिडियोको भ्यूअर्सको आधारमा प्रतियोगी छानिने छ । प्रतियोगीले साउन २५ सम्म आफ्नो भिडियोको प्रचारप्रसार गरी भ्यूअर्स बढाउन सक्नेछन् । भदौ १ गते एक कार्यक्रमको आयोजना गरी विजेता घोषणा गरिने छ । छानिएका प्रतियोगीहरुले निर्णायक मण्डल सामु गीत प्रस्तुत गर्नु पर्नेछ ।  निर्णायक मण्डलको निर्णयकै आधारमा एक महिला र एक पुरुषलाई विजेता घोषणा गरिने चलचित्र निर्माण टिमले जनाएको छ ।

विजेता दुईले जनही एक/एक लाख नगद पुरस्कारसहित आँसुसेन फिल्मले निर्माण गर्ने अबको चलचित्रमा गीत गाउने अवसर प्राप्त गर्नेछन् ।

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया