MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

किम जोङ–उनलाई भेट्ने ट्रम्पको चाहना, भेट्न पाउनु सम्मानको कुरा

वैशाख १९ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेट्न चाहेको बताउनुभएको छ । आफूले उत्तर कोरियाका नेता किमलाई भेट्न चाहेको र अहिलेको अवस्थामा त्यो आफ्ना लागि सम्मानको कुरा हुने ट्रम्पको भनाई छ । समाचार संस्था ब्लुमबर्गसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले किमलाई भेट्ने अवसर मिले आफूले पक्कै भेट्ने बताउनुभएको हो । यसअघि आइतबार उहाँले किमलाई विशेष क्षमतासहितको व्यक्तिको रुपमा परिभाषित गर्नुभएको थियो । उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढी रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाई आएको हो । ट्रम्पको भनाईपछि ह्वाइट हाउसले विज्ञप्ति निकालेर उत्तर कोरियाले भेटवार्ताका लागि धेरै शर्त पूरा गर्नु पर्ने र त्यसपछि मात्रै दुई देशका नेताबिच भेटवार्ता हुन सक्ने उल्लेख गरेको छ । तर ती शर्त के हुने भन्ने चाहिँ स्पष्ट पारिएको छैन । उत्तर कोरियाको उत्तेजक क्रियाकलाप तत्काल बन्द भएको देख्न चाहेको ह्वाइट हाउसले जनाएको छ ।

आइतबार सिबिएससँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले सानै उमेर सक्ता हातमा लिन सक्ने किम निकै क्षमतावान व्यक्ति रहेको बताउनुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया