MENU

समाज

Ncell Axiata

भूकम्प कम प्रभावित १७ जिल्लाका झण्डै एक लाख लाभग्राही अनुदान पाउने सूचिमा

काठमाडौं, वैशाख १९ – भूकम्प कम प्रभावित १७ जिल्लामा झण्डै एक लाख लाभग्राही निजी आवास पुनर्निर्माणको अनुदान पाउन योग्य देखिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्वेक्षण अनुसार दुई जिल्लाको ४ गाविस बाहेक सर्वेक्षण सकिएका १७ जिल्लाका ९८ हजार २ सय १ घरधुरी लाभग्राही सूचिमा समावेश भएका हुन् ।

हिम पहिरोका कारण सर्वेक्षण सकिन ढिलाई भएका सोलुखुम्बुका तीन गाविस र लमजुङको एक गाविस बाहेक अन्य १७ जिल्लाका ७ सय ५४ नगरपालिका र गाविसबाट प्राप्त लाभग्राहीको सूचिलाई प्राधिकरणको कार्यकारी समिति वैठकले अनुमोदन गरिसकेको छ । 

लाभग्राही सूचिमा परेकाहरुसँग आवास अनुदान सम्झौता सम्पन्न भए ती सबैले निजी आवास पुनर्निर्माणका लागी सरकारबाट दिने अनुदान वापतको ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्राधिकरणले अनुदान सम्झौता सम्पन्न भइसकेका लाभग्राहीलाई विभिन्न जिल्लामा पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ धमाधम बितरण गरिरहेको छ । 

सर्वेक्षण अनुसार लाभग्राही सूचिमा अर्घाखाँचीबाट एक हजार ३६, बागलुङबाट २ हजार ३ सय ७५, भोजपुरबाट ५ हजार ७ सय ४९, धनकुटाबाट २ हजार ७ सय ९६, गुल्मीबाट ४ हजार १ सय ४४, कास्कीबाट ६ हजार २६, खोटाङबाट ८ हजार ४ सय ४३ घरधुरी लाभग्राही सूचिमा समावेश भएका छन् । 

यस्तै लमजुङबाट १३ हजार ५ सय १९, म्याग्दीबाट ८ सय ६८, नवलपरासीबाट ८ सय ७२, पाल्पाबाट ४ हजार ६ सय ५२ , पर्वतबाट ५ हजार २ सय ६९, संखुवासभाबाट १ हजार ९ सय ९३, स्याङजाबाट ८ हजार ५ सय ४९, चितवनबाट ७ हजार ३ सय ३५, सोलुखुम्बुबाट १० हजार ७ सय ९४ र तनहुँबाट १३ हजार ८ सय २१ घरधुरी लाभग्राही सूचिमा परेको प्राधिकरणको सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो । सर्वेक्षण हुन नसकेका बाँकी ४ गाविसमा पनि छिट्टै काम सुरु गर्ने प्राधिकरणको तयारी छ । भूकम्प अति प्रभावित १४ जिल्लालाई पहिलो चरणमा प्राथमिकतामा राखेर अनुदान बितरण काम तिव्र पारेको प्राधिकरणले अहिले भूकम्प कम प्रभावित १७ जिल्लामा अनुदान बितरणलाई तिव्रता दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिहारको लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    सप्तरी, असोज ३१ – तिहारको लागि घर आँगन लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा न. ४ की एक महिलाको मंगलबार बेलुका माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

  • डोटी बस दुर्घटना : ३ जनाको मृत्यु, २४ घाइते

    डडेल्धुरा, असोज ३१ – भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

  • यी हुन् बालकलाई गोली हान्ने ३ अभियुक्त

    सोलुखुम्बु, असोज ३१ – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ ।

  • जता गए पनि नेपाली पर्यटक : होटल र पर्यटन व्यावसायीलाई मालामाल

    स्वर्गकी अप्सरा उपनामले चिनिने रारामा २/३ वर्षअघिसम्म नेपालीहरु खासै देखिँदैनथे । रारा नेपालीको पहुँचबाट टाढै छ भन्ने मान्यता थियो । तर अहिले दसैँपछि मात्रै ५ हजार भन्दा धेरै नेपाली राराताल पुगेका छन् । जबकी विदेशी पर्यटकको संख्या ५ सय पनि पुगेको छैन् ।

  • कैदीलाई कारागारमै टिभी

    लमजुङ, असोज ३१ – जिल्ला कारागार लमजुङमा रहेका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुसूचित गराउन दुई वटा टेलिभिजन प्रदान गरिएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया