मनोरञ्जन
१ नम्बरले एसएलसी फेल भएका माग्ने कानुनमा पनि फेल
- Wednesday, May 03, 2017
- 07:26 AM ( 12 months ago )
- Total Views: 30.4 K
काठमाडौं, वैशाख २० – कलाकार केदार घिमिरे यतिबेला सिनेमा ‘छक्का पञ्जा–२’ को छायांकनमा व्यस्त छन् । पहिलो सिनेमा ‘छक्का पञ्जा’ मा केसीको भूमिकामा उनलाई दर्शकले खुबै रुचाएका थिए । दर्शकले उनलाई सिक्वेलमा पनि यस्तै चाखलाग्दो भूमिकामा देख्न पाउने कुरा पक्का छ । सिरियलबाट अभिनयको थालनी गरेका उनी अहिले सिने कलाकारको रुपमा पनि स्थापित भइसकेका छन् ।
कानुन विषय अध्ययन गर्नको लागि २०५० सालमा काठमाडौं आएका केदारले एक सफल कलाकार हुनुभन्दा पहिले धेरै थरी काम गरेका छन् । काठमाण्डौमा टिक्नको लागि उनले जिरा र धनियाँको धूलो मात्रै बेचेनन् लगनखेलको बाटोमा कपडा पनि बेचे । कानुन पढेर ठूलो मान्छे बन्ने अनि देशको सेवा गर्ने सपना देखेका उनी काठमाडौं आएर ठूलो मान्छे त भए तर एक कमेडि कलाकारको रुपमा । कानुनमा उनले राम्रो गर्न सकेनन् तर कलाकारितामा भने उनलाई जो कोहीले उछिन्न गाह्रै पर्छ । आज हामीले केदारले अध्ययन गर्ने समयमा घटेका दुई चाखलाग्दा क्षणलाई यहाँ समेटेका छौँ ।
१ नम्बर नपुगेर एसएलसीमा फेल
केदारलाई मनपर्ने विषय नेपाली हो । उनी स्कुले जीव देखि नै कविताहरु पनि लेख्थे । तर उनी त्यही विषयमा एक नम्बर नपुगेका कारण एसएलसीमा फेल भए । उनलाई आफू नेपालीका कारण एसएलसी फेल भएको पत्यारै लागेन । उनी यो हुनै सक्दैन ! आफूलाई मनपर्ने विषय नेपाली तर त्यही विषयमा फेल हुँदा साहित्यकारको बेइज्जत भयो भन्दै सीधै विद्यालय हेडमास्टरकहाँ पुगे । उनले त्यहाँ पुगेर आफू नेपालीमा फेल हुन नसक्ने र जाँचमा पनि राम्रो गरेको उल्लेख गर्दै निवेदन पेश गरेपछि परीक्षा नियन्त्रण कार्यालय जान अनुरोध गरियो । उनी परीक्षा नियन्त्रण कार्यालयमा पुगे र जाँचको कपी फेरि जाँच्न लगाए । हुन पनि उनी पास भएका रहेछन् । उनको नेपालीमा ३८ नम्बर आएको रहेछ । अन्ततः केदार एस एल सी पास भए ।
देशको सेवा गर्न कानुन पढे तर भए फेल
परीक्षाको कापी फेरि जाँच गराउँदा उनको समय खेर गएको थियो । त्यस बखतसम्म सँगैका साथीहरु कलेज जान थालिसकेका थिए । उनलाई चाहिँ कुन विषय पढ्ने भन्ने नै थाहा थिएन । यहि क्रममा एक पटक सँगैकी साथी (बोर्ड टपर) गरिमा राणाको अन्तर्वार्तामा हेरेपछि उनलाई कानुन विषय पढ्ने भूत चढ्यो । गरिमाले अन्र्तवार्तामा आफू कानुन विषय पढेर देशको सेवा गर्न चाहने कुरा व्यक्त गरेकी थिइन् । त्यहि कारण केदारलाई पनि कानुनमा रुची बढ्न थाल्यो । उनको त्यो उमेरमा जे देख्यो त्यहि बन्न मन लाग्थ्यो ।
तर त्यतिबेलासम्म नेपाल ल क्याम्पसमा भर्ना गर्ने म्याद सकिएको थियो । त्यस कारण केदारले काठमाडाैं बहुमुखी क्याम्पसमा पढ्ने योजना बनाए । तर उचित स्रोत र साधनको कमी भएका कारण उनले कानुनमा राम्रो गर्न सकेनन् । दोस्रो वर्षमा उनी फेल भए । अनि उनले कानुन पढ्नै छाडिदिए ।
उज्यालो र forseenetwork.com को सहकार्य
सम्बन्धित सामग्रीहरु
-
सलमानको प्रेमिका बन्दैछिन् मौनी रोय
वैशाख ६ – सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन ।
-
रुन्चे गायक प्रकाश पौडेलको ‘खुचिङ’ सार्वजनिक
वैशाख ६ – रुन्चे गायक प्रकाश पौडेलको (खुचिङ) बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
-
६९ लागे मदनकृष्ण, यो वर्ष काटिने छैन केक
काठमाडौं, वैशाख ४ – तिथिअनुसार हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ ।
-
‘लिलिबिली’ पाइरेसीको मारमा, आयो फेसबुकमा
काठमाडौं, वैशाख ५ – मिलन चाम्सको निर्देशन रहेको सिनेमा ‘लिलिबिली’ पाइरेसीको मारमा परेको छ ।
-
प्रियंकालाई सलमानले जिस्काउँदै भने, ‘हाम्रो फिल्म हिन्दी हो’
वैशाख ५ – अमेरिकाबाट भारत फर्किरहेकी प्रियंकालाई सलमानले जिस्किाउँदै भने ‘हाम्रो फिल्म हिन्दी हो ।’
-
स्वाजील्याण्डका राजाले गरे देशको नाम परिवर्तन
वैशाख ७ – अफ्रिकाको अन्तिम सामा्रज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेका छन् ।
- ला लिगा : एथ्लेटिको पराजित, बार्सिलोनालाई फाइदा
- मलेसिया उड्न लागेको विमान धावनमार्गमा चिप्लियो, उडान र अवतरण प्रभावित
- आईपीएल : क्रिसगेलकाे शतकीय रन, पञ्जावले हैदरावादलाई हरायो
- तीन दिनभित्र कर्मचारीको विवरण पठाउन निर्देशन
- स्वयम्भूमा लुकेर बसेका ‘सांसद’ दीपक मनाङ्गे पक्राउ
- पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज
- आईपीएलमा बुमराहभन्दा पनि किफायती बलर सन्दीप !
- गाडी गुड्ने सडकमा गहुँ सुकाइदिएपछि...
- आगलागीले रोकिएको विवाह जनप्रतिनिधिले गरिदिए
प्रतिक्रिया दिनुहोस