MENU

मनोरञ्जन

Ncell Axiata
sagun

नेपालमै पहिलो पटक ‘मोय थाई’ फाइट, प्रेम गीत-२ मा हेर्न पाइने

काठमाडौं, वैशाख २० – लामो समयदेखि द्वन्द्व निर्देशन गरिरहेका अष्ट महर्जनले अहिले सम्म दर्जन भन्दा धेरै सिनेमामा हिरो र भिलेनलाई लडाएका छन् । सिनेमामा फाइटम्यान हुँदै द्वन्द्व निर्देशक बनेका अष्ट महर्जनले धेरै पटक झुक्किएर हिरोहरुको फाइट खाएका पनि छन् । दर्जनौँ दुर्घटनाका अनुभव संगालेका अष्ट महर्जनलाई हामीले केही दिन अघि ‘प्रेमगीत २’ को सुटिङ सेटमा भेटेका थियौँ । त्यहाँ थाईल्याण्डको लोकप्रिय र चर्चित फाईट ‘मोय थाई फाईट’को भव्य सेटमा काम भइरहेको थियो जुन सिनेमा ‘प्रेम गीत २’ ले समेटेको छ भने अष्ट महर्जनले फाइटको निर्देशन गर्दै थिए ।  

बिगतमा फाट्टफुट्ट नेपाली सिनेमामा यो फाइट देखाउन खोजे पनि वृहत र मोय थाई किकको मर्म नमर्ने गरी देखाउन खोजिएको भने पहिलो पटक हो । द्वन्द्व निर्देशक महर्जनले नेपाली सिने जगतमा भव्य सेट बनाएर यसरी फाइट देखाउन खोजीएको पहिलो पटक भएको बताएका छन् । नेपाली सिनेमामा मोय थाई फाईट गराउन पाउँदा आफूले आफूलाई निकै नै भाग्यमानी ठानेको महर्जन बताउँछन् । 

त्यसो त द्वन्द्व निर्देशक महर्जनले निखिल उप्रेतीले अभिनय गरेकोे सिनेमा ‘सावधान’मा पनि यसलाई राख्ने कोसिस गरेका थिए । तर गर्दागर्दै त्यो फाईट मार्सल आर्ट बनिदियो ।

तर यसपाली भने पूर्ण रुपमा नभए पनि केही प्रतिशत मोय थाई फाईट नै हुनेमा उनी विश्वस्त छन् । किन भन्दा सिनेमाको लागि भनेर नै नायक प्रदिप खड्काले एक वर्ष देखि प्रशिक्षण लिइरहेका थिए । 

‘प्रेम गीत–२’ को मोय थाई फाईटको छायांकन गर्दा अभिनेता प्रदीप खड्कालाई चोट लागेको थियो । यहि प्रसंगमा हामीले उनलाई, यो त अलि खतरनाक भएन र ? भन्ने प्रश्न गर्यौँ । यसको जवाफमा उनले आफूलाई वास्तविक फाईटहरुमा आनन्द आउने बताए । उनका अनुसार, एकताका उनको फाईट वास्तविक हुन्छ भन्ने हल्ला नेपाली सिने बजारमा छ्यापछ्याप्ती थियो । 

उनले फाईट गर्दा कतिजना त बेहोसै भएका थिए । सिनेमाको लागि भनेर फाईट गर्ने क्रममा साँच्चिकै चोट लाग्दा कतिले त उनलाई गाली गर्न पनि भ्याए । तर उनले आफ्नो फाईट गर्ने शैलीलाई अरुका लागि परिवर्तन गरेनन् । उनी नेपाली सिनेमामा भएको फाईटको शैलीलाई परिवर्तन गर्न चाहन्थे र अझै पनि चाहन्छन् । यहि कारण उनी ज्यान जोखिममा पारेरै भए पनि वास्तविक फाईट गर्न मन पराउँछन् । 

अष्टले मोय थाई बारे जानकारी युट्युबबाट लिएका हुन् । युट्युब हेरेरै यसलाई कसरी गर्ने, पर्दामा कसरी उतार्ने भन्ने कुराहरु सिकेका हुन् । उनको मेहनत र परिश्रम कस्तो देखिने हो त्यो हेर्न भने साउन १३ गते ‘प्रेमगीत २’ नै हेर्नु पर्ने हुन्छ । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया