MENU

साहित्य/ कला

Ncell Axiata
sagun

हरिवंश आचार्यको हरिबहादुर आउँदै

काठमाडौं, वैशाख २० – संस्मरण ‘चिना हराएको मान्छे’ को सफलता पछि कलाकार हरिवंश आचार्यले आफ्नो पहिलो उपन्यास कृति ‘हरिबहादुर’ लिएर आउने भएका छन् ।

‘हरिबहादुर’को विमोचन अर्का कलाकार जोडी मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा हुँदैछ ।    

उपन्यासकारको अवतारमा देखिन लागेका हरिवंश आचार्यले धेरै व्यक्तिले उपन्यास लेख्नका लागि घचघचाएपछि आफूले उपन्यास लेख्न तम्सेको बताए । उपन्यास लेखन प्रक्रियाबारे उनले भने, ‘चिना हराएको मान्छे’ लेख्दा मैले विषयबारे सोच्न परेको थिएन । आफूले जिन्दगीमा भोगेका घटनालाई आफूले सकेसम्म रमाइलो पाराले लेखिदिए पुगेको थियो । तर, उपन्यास लेख्छु भन्ने विचार बनाएपछि भने मैले धेरै सोच्नु परेको थियो । र अन्ततः मैले मदनबहादुर हरिबहादुर टेलिश्रृङ्खलाको मलाई मन पर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर एउटा पात्र प्रधान उपन्यास बनाउने निधो गरेको थिएँ ।’ 

उपन्यासको पाण्डुलिपि पढेका साहित्यकार रविन्द्र समीरले भने, ‘मुख्यपात्र हरिबहादुरको बाल्यकाल, पारिवारिक एवम् सामाजिक जीवन र उसको उत्थान तथा पतन वरिपरी घुमेको यो उपन्यासमा तत्कालिन राजनीतिले हरिबहादुरलाई कसरी प्रयोग गर्‍यो तथा हरिबहादुरले द्वन्द्वकालिन राजनीतिलाई कसरी प्रयोग गर्‍यो भन्ने परिवेशमा उपन्यास केन्द्रित छ ।’

स्थानीय चुनावको मुखमा सार्वजनिक हुन लागेको उपन्यासले अक्षम, अयोग्य व्यक्तिहरु कसरी जालझेल गरी चुनाव जितेर सत्तामा पुग्छन् भन्ने कुराको सटिक चित्रण गरेको छ । पुस्तकको प्रकाशक फाइनप्रिन्ट हो । यसको मूल्य ३ सय ९८ रुपैयाँ रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया