MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

गुगलको सर्भर नेपालमै

काठमाडौं, भदौ २५ - चर्चित सर्च इन्जिन गुगलले नेपाल टेलिकमसँग मिलेर नेपालमै सर्भर राखेको छ । अहिले यो सर्भरको परीक्षण भैरहेको छ । नेपाल टेलिकमको जावलाखेलस्थित कार्यालयमा गुगलको क्याचे सर्भर राखेर टेलिकमले परीक्षण गरिरहेको छ  ।
 
 
टेलिकमका अनुसार अब जीमेल, युट्युब, गुगल प्लस, गुगल सर्च लगाएतका गुगलका उत्पादनहरु पहिलेभन्दा छिटो चलाउन सकिन्छ ।  
 
विदेशमा सर्भर हुँदा इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ खर्च बढी ब्यहोर्नुपरेको थियो । नेपालमै सर्भर राखेपछि १ जीबी ब्यान्डविथ बचत हुँदा टेलिकमको वार्षिक २ लाख बचत हुने नेपाल टेलिकमका अधिकारीहरु बताउँछन् ।
 
नेपालमा सर्भर राख्न लाग्ने खर्च भने गुगलले नै ब्यहोरेको छ ।  
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया