MENU

मनोरञ्जन

Ncell Axiata

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह

काठमाडौं, वैशाख २१ – हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत जीवनमा हामी त्यति सारो घुस्न सकेका छैनौँ । उनी आफैले पनि आफ्नो व्यक्तिगत जीवनका कुराहरु त्यति धेरै खुलेर भन्ने गरेका छैनन् । 

तपाईँलाई थाहा नहुन पनि सक्छ पाँडेले लगन गाँठो कसेको झण्डै पाँच वर्ष भईसकेको छ । नेवारकी छोरीलाई प्रेममा पारेर अन्तरजातिय प्रेम विवाह गरेका उनी एक छोरीका पिता पनि बनिसकेका छन् । उनकी छोरी नै तीन वर्ष पुगिन्। लामो समयदेखि कलाकारितामा सक्रिय उनले संघर्षकै दिनमा प्रेमिका सुनिता मल्लसँग विवाह गरेका हुन् ।

अर्जुनको डेब्यु सिरियल सन्तोष पन्तको ‘हिजो आजका कुरा’ हो । त्यसपछि उनले लगातार टेलिसिरियलहरुमा काम गर्दै आएका छन् । सुनितासँग प्रेम गर्ने समयमा उनी सिरियल ‘सिस्नो पानी’ मा काम गर्थे । उनलाई एक कलाकारको रुपमा चिनाउने  सिरियल  भने ‘भद्रगोल’ हो । भद्रगोलमा पाँडेको रुपमा उनलाई दर्शकले रुचाए । 

अर्जुनकी श्रीमती सुनिता विवाह गर्नु अघि ब्युटिसियन थिइन् । लामो समय सौन्दर्य व्यवसायमा संलग्न उनले विवाहपछि ब्युटिसियन पेशालाई छाडेर अर्जुनको लागि समय दिन थालिन् । अर्जुनको करिअर सफल हुनमा सुनिताको निकै ठूलो भूमिका छ । 

यसरी भयो बिहे

पहिलो पटक २०६७ सालमा अर्जुनले सुनितालाई  म्हैपीस्थित उनकै ब्युटिपार्लरमा देखेक थिए । पहिलो भेटमै राम्री लागेर अर्जुन एकतर्फी प्रेममा परिहाले । प्रेममा परेपछि  त्यसलाई दुइतर्फी बनाउने चुनौती अर्जुनको अगाडि ठडियो ।  धेरै चुनौतीका  बावजुत पनि अर्जुन सुनितालाई पत्नि बनाउन सफल भए ।  अर्जुन  ब्राह्मण अनि सुनिता नेवार भएकाले विवाह गर्न त्यति सहज थिएन ।

पछि अर्जुनले सुनितासमक्ष प्रेमप्रस्ताव राखे । सुरुमा त सुनिताले पत्याईनन् । एक दिन अर्जुनले सुनिताकी आमालाई फोनमै, ‘तपाईँकी छोरी सुनितालाई बिहे गर्न चाहन्छु’, भनिदिए । त्यसपछि सुनिताले पनि उनको साँचो प्रेमको आभास गरिन् । सुरुमा त बाहुनलाई छोरी नदिने भनेर सुनिताको परिवारले ठाडै अस्वीकार गर्यो ।  तरपछि  अर्जुनसँगै विवाह गर्ने छोरीको एकतर्फि अडानका कारण परिवारले पनि अस्वीकार गर्न सकेन । 

अर्जुनको परिवारले पनि छोराको रोजाई भएका कारण सुनितालाई सहजै स्वीकार गर्यो । दुवै परिवारको सहमतीमा उनीहरुको विवाह हुने पक्का भयो । प्रेम सुरु भएको दुई वर्ष पछि २०६९ साल फागुन ४ गते अर्जुन र सुनिताको सामान्य तरिकाले विवाह भएको हो ।

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया