MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

बाग्मती नदीको दुवैतर्फ ढल निकासीका लागि पाइप बिछ्याउने काम अन्तिम चरणमा

काठमाडौं, वैशाख २१ – बाग्मती नदीको दुवैतर्फ ढल निकासका लागि पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मतीको दुवैतर्फी ढल बिछ्याउने काम अन्तिम चरणमा पुगेको जनाएको हो ।

गोकर्णबाट बल्खुसम्मको दुवैतिर २८ किलोमिटर मध्ये साढे २७ किलोमिटर किनारामा ढल बिछ्याइसकेको समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिनुभयो । ढल सञ्चालनमा आएपछि बाग्मतीमा ढलका कारण हुने प्रदुषण हट्ने उहाँले बताउनुभयो ।

समितिले अहिले पनि ढलको पानी प्रशोधन गरेर मात्र नदीमा पठाइरहेको छ । आयोजना प्रमुख सिंहका अनुसार गुहेश्वरीमा रहेको प्रशोधन केन्द्रमा दैनिक १ करोड ६० लाख लिटर पानी प्रशोधन गरेर मात्र नदीमा पठाइरहेको छ ।

गुहेश्वरीमै उत्ति नै क्षमताको प्रशोधन केन्द्र पनि निर्माण भईरहेको र यो डेढ वर्षभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । समितिले धोवीखोला र विष्णुमतिमा समेत ढल बिछ्याउने काम गरिरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया