MENU

मनोरञ्जन

Ncell Axiata
sagun

एन्जोलिना जोलीसँग सम्बन्ध विच्छेदपछि ब्राड पिट थेरापीमा

वैशाख २१ – हलिवुड अभिनेता ब्राड पिटले रक्सीको लत छोड्न तथा श्रीमती एन्जोलिना जोलीसँगको सम्बन्ध विच्छेदका कारण पुगेको धक्काबाट बाहिर आउनका लागि मनोपरामर्श लिन सुरु गरेको खुलासा गरेका छन् । अभिनेता पिटले जिक्यु स्टाइल म्यागजिनसँगको अन्तर्वार्ताको क्रममा पहिलो पटक जोलीसँगको सम्बन्ध विच्छेदका बारेमा बोलेका हुन् । उनले भनेका छन् ‘मैले केही समयअघिदेखि थेरापी सुरु गरेको छु र मलाई राम्रो लागेको छ ।’ रक्सी तथा धुम्रपानको लत छुटाउनका लागि यो सहयोगी बनेको उनले बताएका छन् । जोलीसँगको सम्बन्ध विच्छेदबाट आफू टुटेको र अहिले विस्तारै त्यसबाट बाहिर आउने प्रयासमा रहेको पिटले बताएका छन् । आफू अहिले जीवनप्रति थप जिम्मेवार बनेको र रक्सीसँगको सम्बन्ध गएको ६ महिना यता टुटेको पिटको भनाई छ । आफूले परिवार सुरु गर्ने बेला रक्सीको लत बाहेक सबै त्यागेको तर पछिल्लो एक वर्षमा भएका विभिन्न घटनाले रक्सीको लत झन बढेकाले थेरापी सुरु गरेको उनले बताएका छन् । थेरापीले आफूलाई लत छोड्न तथा संवेदनात्मक आघातबाट बाहिर निस्कन सहयोग गरेको पिटले बताएका छन् । जोलीसँगको सम्बन्ध विच्छेद आफ्नो जीवन परिवर्तनका लागि ठूलो कारक बनेको र पछिल्लो ६ महिनामा आफू निकै सुधार भएको उनले बताए । सम्बन्ध टुट्नु दुःखद भएपनि त्यसपछि आफूमा आएको परिवर्तन भने राम्रो रहेको पिटले बताएका छन् । ५३ वर्षका पिटले आफूलाई रक्सी अति मन पर्ने भएपनि अहिले छोड्न सफल भएको र रक्सीको ठाउँ क्यानबेरी जुस र कार्बोनेटेड पानीले लिएको पिटले जानकारी दिएका छन् । जोलीले गएको वर्षको सेप्टेम्बरमा पिटसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेकी थिइन् । पिट र जोली सन् २००४ देखि सँगै थिए । तर उनीहरुको विवाह भने सन् २०१४ मा भएको हो । सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भएपछि छोराछोरीको कस्टडीका लागि पिट र जोलीबिच विवाद भएको थियो । पिटमाथि शोषणको आरोप पनि लागेको थियो । तर छानबिनपछि उनी आरोपबाट मुक्त भएका थिए । अहिले जोली र आफू आफूहरुका समस्या व्यक्तिगत रुपमा समाधान गर्ने र घृणालाई पन्छ्याएर छोराछोरीका लागि सँगै मिलेर काम गर्ने पक्षमा रहेको उनले बताएका छन् । आफू आफ्ना सन्तानका लागि निकै चिन्तित रहेको र बाहिर आएका कुरा झुट रहेको बताए । जोली र पिटका ६ सन्तान छन् । आफ्नो हलिवुड करिअरका बारेमा बोल्दै पिटले आफूलाई अब अभिनेताको रुपमा नलिएको बताए । पिताका रुपमा अहिले आफूलाई अभिनय भन्दा सन्तान र आफ्नो जीवन महत्वपूर्ण रहेको पिटको भनाई छ । पिटको नयाँ चलचित्र वार मेसिन आउँदो महिना आउँदै छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया