MENU

विज्ञान प्रविधि

Ncell Axiata
chhaka panja

फेसबुकले तीन हजार कर्मचारी थप्ने

वैशाख २१ – फेसबुक पेजमा पोस्ट हुने सामग्रीको समीक्षाका लागि फेसबुकले तीन हजार कर्मचारी नियुक्त गर्ने भएको छ । घृणालाई बढावा दिने भाषण, बालबालिकाको शोषण तथा दुरुपयोग सम्बन्धी सामग्री र भिडियो लाइभ गरेर हत्या तथा आत्महत्या गर्ने जस्ता सामग्रीको समीक्षा तथा त्यसलाई निरुत्साहित गर्नेका लागि फेसबुकले तीन हजार कर्मचारी नियुक्त गर्न लागेको हो । यसका लागि फेसबुकले ‘कम्युनिटी अपरेसन्स् टिम’ नामक समूह बनाएको छ । नयाँ कर्मचारीले यही टिम अन्तर्गत रहेर फेसबुकमा पोस्ट हुने सामग्रीको समीक्षा गर्ने छन् । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले फेसबुकमा भिडियो लाइभ मार्फत आफैलाई वा अरु व्यक्तिलाई हानी पुर्‍याएको देख्नु हृदयविदारक रहेको र त्यस्ता घटना निरुत्साहित गर्नका लागि आफूहरुले प्रयास गरिरहेको बताएका छन् । थप गरिएका कर्मचारी र नयाँ टिमले काम गर्न थालेपछि समस्यायुक्त भिडियो वा अरु सामग्री विरुद्धको उजुरी गर्न सहज हुने उनले बताएका छन् । फेसबुकको भिडियो लाइभमार्फत विभिन्न व्यक्तिले हत्या तथा आत्महत्या गरेपछि फेसबुकले त्यसलाई निरुत्साहित गर्न यस्तो कदम चालेको हो ।

पछिल्लो पटक गएको महिना थाइल्याण्डका एक व्यक्तिले फेसबुकमा भिडियो लाइभ गरेर आफ्नी नाबालिका छोरीको हत्या गरेका थिए ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया