बातावरण-कृषि
किसानलाई सूचना प्रविधिमा सरकारको साथ, ६३ जनालाई निःशुल्क किसान सिम
- Thursday, May 04, 2017
- 19:44 PM ( 12 months ago )
- Total Views: 3.7 K
विराटनगर, वैशाख २१ – मोरङमा किसानलाई विशेष सूचना प्रवाह गर्न किसान सिम तथा स्मार्ट कृषि प्रविधि सुरु गरिएको छ । कृषि विकास मन्त्रालय, जलवायु प्रकोप समुत्थान निर्माण परियोजनाले किसानहरुलाई एग्रो क्लाईमेट वेदर सम्बन्धी प्रविधि ६३ जना किसानलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रम अनुसार किसानहरुलाई एक सय रुपैयाँको टक भ्यालु सहितको निःशुल्क किसान सीम उपलब्ध गराइएको छ । मोरङ जिल्लाका कृषि र पशुपालन तर्फका ६३ जना किसानलाई निःशुल्क सिम तथा मोवाइल बितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुुख मनोज कुमार यादवले जानकारी दिनभयो ।
किसानलाई कृषिमा आधुनिक प्रबिधि ईमेल ईन्टरनेटसहितको यो स्तरीय सेवा प्रवाह गर्न ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन, कृषि–पूर्व सूचना प्रणाली, टोल फ्रि नम्बर, अडियो नोटिस, कृषि इन्फो एसएमएस जस्ता सेवाहरु उपलब्ध गराइने छ । एन्ड्रोइड स्मार्टफोन भएका किसानहरुले ‘हाम्रो कृषि’ नामक एपबाट मौसम सम्बन्धी जानकारी, कृषि र प्रविधी, कृषि कार्यालयका नम्बरहरु, वीमा अभिकर्ता समबन्धी जानकारीहरु र अन्य सफलताका कथाहरुबारे जानकारी लिन सक्ने जलवायु प्रंकोप समुत्थान निर्माण आयोजना, कृषि ब्यवस्थापन सूचना प्रणालीका निर्देशक बिष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म मन्त्रलायले २५ वटा जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिसकेको बताउनुभयो।
कृषि विकास मन्त्रालय, कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना मार्फत किसानहरुलाई निःशुल्क फोन उपलब्ध गराइएको छ । वितरण भएका सिम तथा रिम कार्डहरु मध्ये कृषि विकास मन्त्रालयले तोकिएका नम्बरहरुमा मासिक रुपमा १५ एमबी डाटा उपलब्ध गराईएको छ । त्यसैगरी नोटिस बोर्ड सेवा तथा टोल फ्रि सेवा पनि किसानहरुलाई उपलब्ध हुनेछ । कृषक, व्यवसायी तथा सहकारीहरुलाई लक्षित गरेर पहिलो चरणमा मोररङ जिल्लाका ६३ जना किसानलाई यो कृषि ब्यवस्थापन सुचना प्रणली मार्फत प्रविधि हस्तान्तरण गरिएको हो ।
सम्बन्धित सामग्रीहरु
-
उपत्यकामा औसतभन्दा धेरै वर्षा
काठमाडौं, वैशाख ९ – उपत्यकामा अप्रिल महिनामा औसत भन्दा धेरै वर्षा भइसकेको मौसमविदले बताएका छन् ।
-
चितवन राष्ट्रिय निकुञ्जले किन बंगुर र माछा खान रोक्यो ?
चितवन वैशाख ७ – बंगुरको मासु खान प्रतिबन्ध लगाएको चितवन राष्ट्रिय निकुञ्जले पछिल्लो समय माछा खान प्रतिवन्ध लगाएको छ ।
-
दुर्लभ पाटेबाघ मर्याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।
-
आजको मौसम : दिनभरी घाम–साँझमा पानी
काठमाडाैं, वैशाख ७ – शुक्रबार पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन् ।
-
आजको मौसम : साँझपख मेघगर्जनसहित पानी पर्ने
काठमाडौं, वैशाख ४ – उपत्यकासहित देशका विभिन्न भूभागमा केही सातादेखि मौसम बदली भइरहेको छ ।
-
बस्ती सार्न माग गर्दै मानवअधिकार आयोगमा उजुरी, मुख्य मन्त्रीलाई ज्ञापनपत्र
बझाङ, वैैशाख ९ – बस्ती सार्न माग गर्दै बझाङ थलारा गाँउपालिका ९ आमबगरका स्थानीय बासिन्दाले मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयमा उजुरी दिएका छन् ।
- सम्मानजनक मोडालिटीमा पार्टी एकता : प्रचण्ड
- पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्
- मासिँदै गएको कम्युनिस्टलाई जोगाउलान् त नवनिर्वाचित महासचिव येचुरीले ?
- नेप्से ५० अंकले बढ्यो, १ अर्ब २३ करोड रुपैयाँको शेयर कारोबार
- एमाले–माओवादी संयुक्तसभा सुरु
- एमाले–माओवादी संयुक्तसभामा दुवै दलका छुट्टाछट्टै ब्यानर राख्ने सहमति
- उद्धार गर्न निवेदन दिएको आठ महिनापछि विभागले भन्यो ‘केश हेर्नुपर्छ, फेरि निवेदन दिनुहोस्’
- नेपाली तेक्वान्दोकाे विवाद उत्कर्षमा
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने कहिले ?
प्रतिक्रिया दिनुहोस