MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

एनसेललाई ‘टेलिकम एसिया अवार्डस्’

काठमाडौंं, वैशाख २२ – एनसेल एशिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड मानिने ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ ।
 
राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड संचालकसँग सहकार्य गर्दै, स्थानिय बासिन्दालाई सञ्चार तथा उर्जा सेवा पु¥याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको हो ।
 
एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्ट अन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’, चाईना युनिकमको इन्टरनेट अफ थिङ्गस्मा आधारित स्मार्ट पार्किङ्ग र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडी पार्दै यो अवार्ड हात पार्न सफल भएको हो । टेलिकम एसियाका स्वतन्त्र निर्णयक मण्डलले नवीनता, वित्तिय प्रर्दशन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासन लगायतका मापदण्डका आधारमा प्रोजेक्टहरुको मुल्याङ्कन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए  ।
 
बुधबार मलेसियामा आयोजित २० औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । एनसेलकी कर्पोरेट संवाद निर्देशक सञ्जु कोईरालाले अवार्ड लिनुभएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया