MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

प्रियंका चोपडाको फिल्म कसरी पाइन् जेनिशाले ?

काठमाडौं, वैशाख २२ – केही नेपाली चलचित्रमा काम गरेर अभिनेत्रीको परिचय बनाएकी जेनिशा केसी विगत केही समय यता नेपाली सिनेमाबाट ओझेल परेकी थिइन् । उनको  सामाजिक सञ्जाल हेर्ने हो भने पछिल्लो समय धेरै जस्तो भारतीय कलाकारहरुसँग समय बिताएको देखिन्छ । कारण उनी भारतमै कलाकारितामा केही गर्ने हिसाबले त्यहाँ पुगेकी थिइन् । भारतमा कलाकार बन्ने जेनिसाको चाहना अभिनेत्री प्रियंका चोपडाले पूरा गरिदिएकी छिन् । 

उनले प्रियंका चोपडाको कम्पनीबाट बनिरहेको भोजपूरी चलचित्रमा काम गर्ने अवसर पाएकी छिन् । यस चलचित्रमा उनले भोजपूरीका सुपरस्टार रवि किसनसँग पर्दा बाँडेको जानकारी छ । उनी नै चलचित्रको मुख्य कलाकार भएका कारण अब चलचित्र छायांकनको लागि गोवा जाँदैछिन् । 

प्रियंकाले चलचित्रका लागि कलाकार खोजीरहेको समयमा जेनिशाले पनि अडिशन दिएकी थिइन् जसमा उनी पास भइन् र चलचित्रमा काम गर्ने अवसर पाइन् । यो चलचित्रको नाम ‘काशी अम्मरनाथ’ राखिएको छ । यसमा सन्तोष मिश्रको लेखन तथा निर्देशन रहनेछ । चलचित्रमा केही बलिवुड कलाकारले पनि काम गर्नेछन् । 

 

उज्यालो र www.forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

  • ‘आयो दसैँ आयो, चारैतिर खुशीयाली ल्यायो’ (भिडियोसहित)

    काठमाडौं, असोज ४ – गीतकार अम्बिका गुरुङको यसपालीको दसैँ गीत ‘आयो दसैँ आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ ।

  • गायिका मिलन अमात्यले गरिन् डिभोर्स

    काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन् ।

  • ​आमिर खानले रिजेक्ट गरेका यी कलाकार बने सुपरस्टार

    असोज १ – उनले आमिर खानको चलचित्र ‘धोबी घाट’ तथा अन्य केही टेलिश्रृङ्खलाका लागि अडिसन दिएका थिए । तर उनलाई लिइएन ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया