MENU

मनोरञ्जन

Ncell Axiata
sagun

धेरै पढ्ने कलाकारको सूचिमा प्रदिप पनि, मार्केटिङमा सकाए मास्टर

काठमाडौं, वैशाख २२ – नायक प्रदीप खड्काको आकर्षक व्यक्तित्वको प्रशंसा गर्नेहरु धेरै छन् । उनको व्यक्तित्वसँगै आनीबानी र बोलीबचनको प्रशंसा गर्नेहरुको पनि कमी छैन । प्रदीपका शुभेच्छुकहरुको लागि खुशीको खबर छ । उनले हालै मात्र मार्केटिङमा एमबिए सकाएका छन् । उनले आफू मार्केटिङमा एमबिए ग्र्याजुएट भएको फेसबुकमार्फत जानकारी दिएका छन् । ललितपुर एकान्तकुना बासी प्रदीपले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए गरेका हुन् । नेपालमा मास्टर गर्ने कलाकारहरुको संख्या निकै कम छ । यस्तो अवस्थामा प्रदीपले धेरै पढ्ने कलाकारको सूचिमा आफ्नो नाम दर्ता गराएर थप चर्चा बटुलेका छन् ।

उनले सिनेमामा आउनु अघि मार्केटिङमा रहेर विभिन्न कार्यक्रमहरुको व्यवस्थापन गर्ने काम समेत गरेका थिए । उनीद्धारा अभिनित ‘प्रेमगीत–२’ साउन १३ गते प्रदर्शनमा आउने तरखरमा रहेको छ । 

उज्यालो र www.forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया