MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

विदेशबाट फर्केका भरत गुरुङ गाई फर्मका मालिक

सिद्धराज राई/उज्यालो

धनकुटा, वैशाख २२ – खोटाङको परेवादिन–७ नाम्जाङका भरत गुरुङ २०५६ साल तिर कतारको मरुभूमिमा हुनुहुन्थ्यो । कतारमा कमाई पनि राम्रै थियो । सात वर्षको विदेश बसाईपछि २०६३ सालमा घर फर्कनुभएका गुरुङलाई फेरि विदेश जान मन लागेन । उहाँलाई गाउँमै केही गरेर बस्ने मन थियो । अनि २०७० सालमा झण्डै दुई करोडको लगानीमा मकालु गाई फार्म सुरु गर्नुभयो  । 

उहाँको गाई फार्ममा झट्ट हेर्दा कुनै विदेशमा सञ्चालित गाई फर्म भन्दा कम छैन । सफा सुग्घर कोठामा उन्नत जातका गाई बाँधिएका छन् । गाई फार्ममा घाँस काट्नका लागि विद्युतीय मेसिन राखिएको छ । गोठ भित्र उन्नत जातका २० वटा गाई छन् । ती सबै इलाम र गोरखावाट ल्याएका हुन् । खरिद गरेर घरसम्म ल्याउँदा एउटा उन्नत गाईको लागत २ लाख रुपैयाँसम्म पर्न गएको गुरुङले बताउनुभयो  । 

उहाँको विदेशको कमाई महिनाको ५० हजार रुपैयाँ थियो । तर आफ्नै गाउँमा कृषि कर्म गर्ने उद्देश्यले फर्केर आउनुभयो । विदेशबाट फर्केपछि केही वर्ष तरकारी खेती गर्नुभयो । तरकारी खेतीमा धेरै परिश्रम गर्दा पनि भनेजस्तो आम्दानी नभएपछि गाईपालन सुरु गरेको गुरुङले बताउनुभयो । 

गाईलाई खुवाउन झण्डै एकसय ५० रोपनीमा उन्नत जातको घाँस लगाउनुभएको छ । ५० रोपनी जग्गा आफ्नै हो । भने १ सय रोपनी जग्गा भाडामा लिनुभएको छ ।

‘विदेश भनेको बल र उमेर रहुन्जेल मात्र हो’ गरुङले भन्नुभयो ‘उमेर ढल्कदै गएपछि मालिकले काम दिँदैन अनि आफ्नो देश फर्किनुको विकल्प हुँदैन ।’ त्यसैले स्वदेशमा नै उद्यम गर्न सकियो भने दिगो हुने गुरुङको बुझाई छ । 

उहाँले दूध र गाईलाई खुवाइने दाना ल्याउनकै लागि दुई वटा ट्रयाक्टर किन्नुभएको छ । स्थानीय किसानबाट दूध संकलन गरी डेरी सम्म पु¥याउने काम पनि गर्नुहुन्छ । उहाँले स्थानीय किसानका गाईवस्तुलाई दिइने दानाको निशुल्क ढुवानी पनि गर्दै आउनुभएको छ ।  उहाँले आफ्नै घरमा पनि झण्डै दश लाख रुपैयाँको लागतमा १ हजार दूध अट्ने क्षमताको फ्याट मेसिन राख्नुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​उद्योगी र उखु किसानबीच सहमति

    सर्लाही, मंसिर २७ –उद्योगी र उखु किसानका प्रतिनिधिबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी उखु क्रसिङ सुरु गर्ने सहमति भएको छ ।

  • काठमाडौंमा आज यो वर्षकै कम तापक्रम

    काठमाडौं, मंसिर २७ – काठमाडौंमा बुधबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया