MENU

मनोरञ्जन

Ncell Axiata
sagun

​‘लालटिन’मा प्रियंका बनिन् बार गर्ल, दयाको भूमिका रहस्यमय

काठमाडौं, वैशाख २२ – प्रियंका कार्की र दयाहाङ राईलाई फेरि एक पटक स्क्रिनमा एक साथ देख्न पाइने भएको छ । सिनेमा ‘झोले’बाट जोडी बनेका यी दुई पर्दाबाहिर पनि असाध्यै मिल्ने साथी हुन् । जस कारण उनीहरुको बजारमा गसिप समेत बनिसेकेको छ । सबैले मन पराएको यो जोडिलाई चलचित्र ‘लालटिन’मा फेरि एक साथ देखिन पाइने भएको हो । एनिम श्रेष्ठ र राज केसीको निर्माण तथा देव कुमार श्रेष्ठको निर्देशनमा बनेको ‘लालटिन’ जेठ २६ मा रिलिज हुदै छ । 

बिहीबार काठमाडौंमा प्रेसमिटको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गर्दै रिलिज मिति तोकिएको हो । एक्सन थ्रिलर जनरामा बनेको यस सिनेमामा दयाहाङको भूमिका अलि रहस्यमय देखिएको छ भने प्रियंका बार गर्लको रुपमा देखिएकी छिन् । 

हाइलाइट्स नेपालको युट्युब च्यानलमा बिहीबार रिलिज गरिएको सिनेमाको ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । यस सिनेमा समावेश ‘म त चमेली’ बोलको गीतले यस अघि नै राम्रो सफलता पाएको छ । आस्था राउतको आवाजमा सजिएको यस गीतमा प्रियंकाको हट अवतार देख्न सकिन्छ ।  

उज्यालो र www.forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया