MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

​सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय

वैशाख २२ – भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको बलात्कारका दोषिहरु अक्षय कुमार, विनय शर्मा, पवन गुप्ता र मुकेश शर्मालाई फाँसी दिने यसअघि अरु अदालतले गरेको फैसला यथावत राखेको हो । 

यसअघि तल्लो अदालत र दिल्ली उच्च अदालतले उनीहरुलाई फाँसी दिने फैसला गरेको थियो । न्यायाधीश भानुमती नेतृत्वको तीन सदस्यीय टोलीले बलात्कार जस्तो जघन्य अपराधका लागि माफी दिन नसकिने तथा मृत्युदण्ड दिन मिल्ने कुनै एक मात्र मुद्दा भए त्यो बलात्कार भएको उल्लेख गर्दै यस्तो फैसला सुनाएको हो । 

सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीको मुनिरकामा ६ जना व्यक्तिले प्यारामेडिककी विद्यार्थी निर्भयालाई सामुहिक बलात्कार गरेका थिए । घटनाका एक अभियुक्तले सन् २०१३ मा तिहाड जेलमा आत्महत्या गरे भने एकजनालाई नाबालिग भएको भन्दै सुधारगृहमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया