MENU

बातावरण-कृषि

Ncell Axiata

बैतडीका किसानलाई अनुदानमा मकै र भटमासको बिउ वितरण

बैतडी, वैशाख २३ – जिल्ला कृषि विकास कार्यालय बैतडीले जिल्लाका विभिन्न स्थानमा मकै र भटमासको बिउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ ।

मकै तथा भटमासको उत्पादनमा वृद्धि ल्याउनका लागि अनुदानमा बिउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दिव्यदेव भट्टले जानकारी दिनुभयो ।

बिउ वितरणका लागि किसानबाट माग संकलन गरिएको र त्यही मागका आधारमा अहिले उन्नत जातको मकै र भटमासको बिउ वितरण गरिरहेका उहाँले बताउनुभयो ।

मकैमा अरुण २, मनकामना, रामपुर, कम्पोजिट र देउती जातको वितरण गरिँदैछ भने भटमासमा स्थानीय र पूजा जातको वितरण भइरहेको छ ।

किसानलाई अनुदानमा बिउ वितरण गर्ने कार्यक्रम अनुसार जिल्लाभरिका किसानलाई साढे १७ मेट्रिक टन मकै र साढे १२ मेट्रिक टन भटमासको बिउ वितरण गरिने जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकारी कर्णबहादुर चन्दले बताउनुभयो । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

  • काठमाडौं उपत्यकाबाट ४१ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, असोज २८ – काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया