MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

र्‍यापर वेष्टको ट्वीटर र इन्स्टाग्राम एकाउन्ट डिलिट

वैशाख २३ – अमेरिकी स्टार र्‍यापर केन्नी वेष्ट सामाजिक सञ्जालबाट हराएका छन् । दशौं लाख फलोअर्स भएका वेष्टले आफ्नो ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट डिलिट गरेका हुन् । वेष्टले सामाजिक सञ्जालको एकाउन्ट डिलिट गर्नुको कारण खुलेको छैन । वेष्टले गएको नोभेम्बरमा आफ्नो टुर तोकिएको समय भन्दा अघि नै टुंग्याएका थिए । वेष्टले अर्का र्‍यापर जे–जेडले आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका थिए । उनले गएको नोभेम्बरमा डोनाल्ड ट्रम्पलाई भोट दिने घोषणा गर्दै स्टेज छोडेका थिए । वेष्टकी श्रीमती रियालिटी टिभी स्टार किम कार्डासिन भने ट्वीटरमा अहिले पनि सक्रिय छिन् । उनका ५ करोड १० लाख फलोअर्स छन् । किमका फलोअर्सले वेष्टलाई सामाजिक सञ्जालमा फर्काउन आग्रह गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

  • ‘आयो दसैँ आयो, चारैतिर खुशीयाली ल्यायो’ (भिडियोसहित)

    काठमाडौं, असोज ४ – गीतकार अम्बिका गुरुङको यसपालीको दसैँ गीत ‘आयो दसैँ आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ ।

  • गायिका मिलन अमात्यले गरिन् डिभोर्स

    काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन् ।

  • ​आमिर खानले रिजेक्ट गरेका यी कलाकार बने सुपरस्टार

    असोज १ – उनले आमिर खानको चलचित्र ‘धोबी घाट’ तथा अन्य केही टेलिश्रृङ्खलाका लागि अडिसन दिएका थिए । तर उनलाई लिइएन ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया