MENU

मनोरञ्जन

Ncell Axiata

दोस्रो चोभार बन्दै मनाङ–मुस्ताङ

काठमाडौं, वैशाख २३ – अभिनेत्री पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु’ को गीतलाई दर्शकले युट्युबमा खुबै रुचाएका छन् । संगीतको पाटो असाध्यै राम्रो भएको यो गीतमा मनाङ मुस्ताङका सुन्दर दृश्यलाई लोभलाग्दो तरिकाले प्रस्तुत गरिएको छ ।

पछिल्लो समयमा यो स्थान सुटिङको लागि निकै लोकप्रिय बन्दै गएको छ । त्यहाँका सुन्दर दृश्यहरु सिनेमामा राखेर हलसम्म दर्शक तान्नको लागि निर्माता निर्देशकहरु मनाङ मुस्ताङका सिनहरुमा लोभिएको देखिन्छ । रिलिज भइसकेका सिनेमाहरु रेखा थापाको अन्दाज, कबड्डी सिरिज, प्रेमगीत, जेरी, ड्रिम्स लगायतमा त्यहाँका सुन्दर दृश्यहरु समेटिएका छन् । पहिले फाट्टफुट्ट रुपमा मनाङ मुस्ताङका केही स्थानहरुलाई नेपाली सिनेमामा देखाइएको भएता पनि खासै राम्ररी देखाइएको थिएन । बरु एक समयमा नेपाली सिनेमामा चोभारको डाँडो अनिवार्य जस्तै हुन्थ्यो । चोभारको डाँडो नभई सिनेमा सकिँदैनथ्यो । अहिले ठ्याक्कै त्यस्तै भएको छ मनाङ–मुस्ताङको सिन । हरेक सिनेमामा केही मिनेट भएपछि यहाँका सिनहरु अनिवार्य जस्तै बनेका छन् । 

पहिलो पटक नेपाली सिनेमा ‘कागबेनी’ मा मनाङ मुस्ताङको सुन्दरतालाई अलि वृहतरुपमा देखाइएको थियो । तर ‘कागबेनी’ भन्दा पहिले पनि केही बलिवुडका सिनेमाहरुले ति स्थान क्यामेरामा कैद गरिसेकेका थिए । मनाङ मुस्ताङमा अभिनेता अमिताभ बच्चन समेत सुटिङको लागि पुगेका थिए । 

पहिले नेपाली सिनेमाको सुटिङ स्थल काठमाडौंको चोभार हो । चोभारमा दर्जनौँ नेपाली सिनेमाहरु सुटिङ भएका छन् । पछि हरेक सिनेमामा भएका उस्तै सिनले दर्शकलाई खल्लो लागेको महसुस गर्दै केही निर्माता निर्देशकहरु सिनेमा सुटिङको लागि पोखरासम्म पुग्न थाले । एकताका पोखरामा लगातार सिनेमा छायाकंन हुन्थे । हुन त अहिले पनि पोखरा सिनेमा छायांकनको केन्द्र नै हो । सिनेमामा पोखराको क्रेज अझै घटिसकेको छैन । त्यस्तै पछिल्लो समय दोलखाको कालिन्चोक पनि सिनेमा छायाकंन स्थल बन्दै गइरहेको छ ।

अन्य स्थान भन्दा पछिल्लो समय मुख्यतया मनाङ मुस्ताङ नै छायांकन स्थल बनेको छ । म यस्तो गीत गाउँछु, ए मेरो हजुर–२ लगायतका सिनेमाहरुमा त्यहाँका सुन्दर दृश्यहरु कैद गरिएको छ जुन सिनेमाहरु रिलिज हुने तयारीमा छन् । त्यस्तै केही निर्माता तथा निर्देशकहरु त्यहाँ छायांकन गर्न जान तयार भएर बसेका छन् । पछिल्लो समय फिल्म निर्माताहरुले आफ्नो सिनेमामा कथा भन्दा पनि मनाङ मुस्ताङको रमणीय दृश्य छ भनेर फूर्ति लाउने गर्छन् । 

उज्यालो र www.forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया