MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

एकाएक देखिए झण्डै एकसय निलगाई, हेर्नेको भिड

महोत्तरी, वैशाख २३ – महोत्तरी जिल्लाको दक्षिणपश्चिम सीमानाकामा अवस्थित आधा दर्जन गाउँमा एक्कैसाथ एक सय भन्दा बढी निलगाई फेला परेको छ । स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई एकसय भन्दा बढीको सङ्ख्यामा देखिएका छन् । 

यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलोरङ्गको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँले ती जनावरलाई हेर्नका लागि वनमा ओइरो लागेको इटहर्वाका देवेन्द्र ओझाले बताउनुभयो । 

एकसय भन्दा बढीको सङ्ख्यामा रहेको निलगाई त्यस क्षेत्रका वनमा लगाइएको तरकारी बालीमा हुलका हुल गरेर सबै तरकारी खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको मनराका रामदिनेश चौधरीले बताउनुभयो । 

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वनको सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउनका लागि जाने मानिसहरुलाई देख्ने बित्तिक्कै भाग्ने गरेको छ । 

दुई÷चार दिनदेखि त्यसक्षेत्रका मनरा, भोलही, पोखरभिन्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिरहेको सम्सीका विजय साहले बताउनुभयो । 
गर्मीयाम आउने वित्तिकै जिल्लाको माथिल्लो भागमा रहेको वन जङ्गलमा डढेलो, चोरी सिकारी जस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउछन् । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

  • रसुवामा २० हजार अलैचीको बिरुवामा वितरण गरिँदै

    रसुवा, असार ९ – रसुवामा २० हजार अलैचीको बिरुवा वितरण सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाले कृषि राहत कार्यक्रम अन्तर्गत अलैची, कागती, सुन्तला र अम्बाको बिरुवा वितरण गर्न कार्य सुरु गरेको हो ।

  • सरकारी रकमको दुरुपयोग : ९ किलोको बोकाको कानमा १८ किलोको ट्याग !

    जिल्ला पशु सेवा कार्यालय रामेछापले सरकारी अनुदानको रकम दुरुपयोग गरेको छ । सरकारी नियमअनुसार व्यावसायिक वाख्रापालक कृषकले १६ देखि १८ किलो तौलको बोका अनिवार्य खरिद गरी कार्यालयमा पेश गर्नु पर्ने र त्यही आधारमा प्रति कृषक १५ हजार रुपैयाँ नगद भुक्तानी गर्ने निर्णय भएको थियो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया