MENU

साहित्य/ कला

Ncell Axiata
chhaka panja

‘यत्ति भए पुग्छ’ विमोचित, गजलकारलाई पुरस्कृत गर्न दुई लाखको अक्षयकोष

काठमाडौं, वैशाख २३ – गजलकारलाई पुरस्कृत गर्न दुई लाख रुपैयाँ अक्षयकोष स्थापना हुने भएको छ । गजलकार जे. सागरको गजल कृति ‘यत्ति भए पुग्छ’ विमोचन कार्यक्रममा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।  

काठमाडौंमा शनिबार गजलकार जे. सागरले दुई लाख रुपैयाँ गजलको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । अक्षयकोषबाट हरेक वर्ष एक गजलकारलाई १० हजार रुपैयाँ बराबरको पुरस्कार दिइने पनि उहाँले बताउनुभयो । उहाँले आफ्नो बुवाआमाको नाममा पुरस्कार घोषणा गर्नुभएको हो । पुरस्कारको संयोजनका लागि बुलबुल पब्लिकेशनलाई जिम्मा दिइएको छ ।  

जे. सागरको गजल संग्रह ‘यत्ति भए पुग्छ’ साहित्यकारहरु ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, धनराज गिरी, करुण थापा, पोष्टराज चापागाईंका साथ लेखक जे. सागरका मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीले संयुक्त रुपमा सर्वनाम नाट्य थियटर कालिकास्थानमा सार्वजनिक गर्नुभएको हो । 

७४ वटा गजलहरु संग्रहित ‘यत्ति भए पुग्छ’ संग्रहमा गजलकार धनराज गिरीले भूमिका लेख्नुभएको छ । संग्रह भित्र गजलकार जे. सागरले युएईमा बस्दा लेखेका गजलहरुमा देशप्रेम, प्रवास बसाइको बाध्यता, मानवीय संवेदना, समाजका विकृति र विसंगतिले ठाउँ पाएका छन् । यसअघि संयुक्त गजल संग्रह हैसियत, संयुक्त मुक्तक संग्रह कोसेलीमा जे. सागरका रचनाहरु प्रकाशित भइसकेका छन् । 

विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियाहरुमा उहाँका व्यंग्य लेख, गजल, मुक्तक प्रकाशित हुने गरेका छन् । इनास, इनास युएई, एनआरएनए अल ऐन युएई लगायतका संस्थाहरुमा आबद्ध जे. सागर सिर्जना वाचन डबली युएईका संस्थापक सदस्य पनि हुनुहुन्छ । यत्ति भए पुग्छ बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो । १०६ पृष्ठको गजल संग्रहको मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया