MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

नाइजेरियाः बोको हरामले अपहरण गरेका ८२ चिबोक छात्रा मुक्त

वैशाख २४ – इस्लामिक विद्रोही समूह बोको हरामको अपहरणमा परेका २७६ छात्रामध्ये ८२ जना मुक्त भएका छन् । उनीहरु सेनाको संरक्षणमा रहेको नाइजेरियाका अधिकारीले बताएका छन् । उत्तर पश्चिम नाइजेरियाबाट तीन वर्ष पहिले चिबोक समुदायका ती छात्राहरु अपहरणमा परेका थिए  । उनीहरुलाई सरकारसँगको वार्ताका क्रममा बोको हरामले रिहा गरेको भनिएपनि विस्तृत जानकारी भने दिइएको छैन । ८२ जना छात्रा रिहा भए पनि बाँकी १९५ छात्राको अवस्था अज्ञात नै रहेको बिबिसीले जनाएको छ । अपहरणमा परेका मध्ये पोहोर रेडक्रसको पहलमा २१ जना छात्रालाई बोको हरामले रिहा गरेको थियो । अपहरणकै क्रममा भने ५० जना छात्रा भाग्न सफल भएका थिए । छात्राहरु अपहरणमा परेपछि विश्व समुदायले रिहाको माग गर्दै पहल कदमी गरेक थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया