MENU

बातावरण-कृषि

Ncell Axiata

हिउँदे धान बालीमा पर्वतका किसान आकर्षित

सन्तोष थापा/उज्यालो । 

पर्वत, वैशाख २४ – पहाडी भूभागमा भएपनि वर्षे धान खेतीमा आत्मनिर्भर बन्न सफल पर्वतमा हिउँदे धान खेती विस्तारको काम सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयको हिउँदे धान बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत पर्वतका विभिन्न स्थानमा हिउँदे धान खेती विस्तार गरिएको हो ।

कार्यालयले पर्वतको पैयु गाउँपालिका हुवासमा नमुना ब्लकको रुपमा एक सय रोपनी जग्गामा खेती विस्तार गरेको छ । यस्तै टकलाक, त्रिवेणी, बेउलीबास, अर्मादी, लस्ती, मिलनचोक लगायतका स्थानमा गरी एक हजार ६ सय ६० रोपनीमा हिउँदे धान खेती गरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतका हिउँदे धानबाली फोकल पर्सन चेतनाथ पौडेलले जानकारी दिनुभयो । 

पर्वतमा अहिलेसम्म निर्वाहमुखी खेतीमा भर परिँदै आएकाले हिउँदे धानबालीबाट किसानलाई व्यावसायिक बनाउने अभिप्रायले हिउँदे धान खेती तर्फ आकर्षित गरिएको उहाँले बताउनुभयो । हुवासका किसानले गएका वर्षहरुमा सामान्य हिउँदे धान बाली लगाउँदै आएपनि यस वर्षदेखि हिउँदे धानबालीमा सहयोगसहित उत्साह थपेको बताएका छन् । 

हिउँदे धानबालीमा अहिले किसानहरु विभिन्न समूह बनाएर अग्रसर भएका छन् । समूहमा आवद्ध भएर खेतीमा सक्रिय भएपछि अनुदान, बाली बिमा लगायतका क्रियाकलापमा सहज हुने धान उत्पादक किसान काशिराम गौतमले जानकारी दिनुभयो । 

अहिले हुवासमा हर्दिनाथ १ जातको १ सय ५ किलोग्राम बिउ लगाइएको फोकल पर्सन पौडेलले जानकारी दिनुभयो । हिउँदे धानबाली सोचे अनुरुप उत्पादन गर्न सकेमा उद्योग नै स्थापना गरेर चिउरा, भुजा लगायतका खाद्य सामग्री उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

लोपोन्मुख रुपमा रहेको हिउँदे धान खेती नमूना ब्लकबाट उत्पादन दिन सकेमा आउँदो वर्ष फलेवास, कुर्घा लगायतका स्थानमा समेत विस्तार गरिने जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो । 

हिउँदे धानसमुद्री सतहदेखि ६ सय मिटरबाट १२ सय मिटर उचाईसम्म लगाउन सकिन्छ । कार्यालयका अनुसार धान खेती लगाइएको जग्गाको क्षेत्रफलका आधारमा बाली बिमा गर्ने क्रम समेत सुरु गरिएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया