MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

फ्रान्समा राष्ट्रपति चुनावः आज मतदान, ली पेन र म्याक्रोन चुनावी मैदानमा

वैशाख २४ – फ्रान्समा आइतबार नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदानबाट चुनिएका इम्यानुएल म्याक्रकोन र मरिन लि पेन नयाँ राष्ट्रपति बन्नका लागि चुनावी मैदानमा छन् । विभिन्न मतसर्वेक्षणले ३९ वर्षका पूर्व इनभेस्टमेन्ट बैंकर म्याक्रोन दक्षिण पन्थी नेतृ ली पेन भन्दा अघि रहेको देखाएका छन् । चुनावी अभियानका क्रममा उम्मेद्वारले अर्काकामाथि आरोप प्रत्यारोप गरेका थिए । यसले देश राजनीतिक रुपमा विभाजित अवस्थामा छन् । मतदान नेपाली समय अनुसार आज बिहान पौने १२ बजेदेखि सुरु भएर राति पौने ११ बजे सकिने छ । केही राति पौने १२ बजेसम्म मतदानकेन्द्र खुला रहने छन् । म्याक्रोन र पेन गएको अप्रिल २३ मा भएको पहिलो चरणको चुनावमा अरु प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो चरणमा आएका हुन् । पहिलो चरणको चुनावमा ११ जना प्रत्यासी थिए ।

मध्यमार्गी म्याक्रोनले व्यावसायिक विस्तार तथा युरोपियन युनियनको सर्मथक रहनु भएको छ । दक्षिण पन्थ ली पेन भने आप्रवासीलाई फ्रान्स प्रवेशमा रोक लगाउनेसहितका योजना लिएर चुनावी मैदानमा हुनुहुन्छ । उहाँ इयुको विपक्षमा रहनु भएको छ । उहाँले इयुको सदस्यताका सम्बन्धमा जनमतसंग्रह गर्नु पर्ने बताउँदै आउनुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया