MENU

मनोरञ्जन

Ncell Axiata
USAID

अंकित न्यौपानेको “ती रातहरू” सार्वजनिक

काठमाडौं, वैशाख २४ – गायक अंकित न्यौपानेको नयाँ आधुनिक गीत “ती रातहरू” को भिडियो सार्वजनिक भएको छ । गायिका मिलन अमात्यसँग युगल गायन रहेको गीत मधुरिपुले लेखेका हुन् । सामाजिक सञ्जाल मार्फत चर्चा कमाएका गजलकार मधुरिपुका शब्दमा गायक न्यौपानेकै सङ्गीत रहेको छ ।

गायक न्यौपानेले यो नयाँ गीत सम्पूर्ण माया गर्ने मनमा समर्पित रहेको बताएका छन् । उनले भनेका छन्, “अत्यन्त मन छुने शब्द भएकोले म आफैले सङ्गीत दिएको हुँ ।” गीतको भिडियोमा आकाश श्रेष्ठ र जेबिका कार्कीको अभिनय छ ।

भिडियोको निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन् भने गीतको सम्पादन निशान घिमिरेले गरेका छन् । “कपुरी –क मोसन पिक्चर्स” को प्रस्तुति “ती रातहरू” हाइलाइट्स नेपालमार्फत युट्युबमा पनि सार्वजनिक भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया