MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

धनकुटाका किसानलाई फोनबाटै रोग र मौसमको जानकारी

धनकुटा, वैशाख २४ – धनकुटाका किसानले फोनबाटै पशुपंक्षि र बालीमा लागेको रोग निदान गर्ने उपाय र मौसम अनुसारको खेती प्रविधिको विषयमा जानकारी पाउने भएका छन् । मोबाइल एपको मद्दतले म्यासेज र इन्टरनेटमार्फत कृषि र पशु विज्ञबाट ती सुविधा पाउने भएका हुन् । 

कृषि बाली र पशुमा लागेको रोगको विषयमा किसानले आफूलाई परेको समस्या समाधानका लागि सिधै मन्त्रालयमा राख्न सक्ने र पानी मापन यन्त्रको सहयोगले मौसमको बारेमा जानकारी लिन सक्नेछन् । यसका साथै कृषि सम्बन्धी सूचना आदानप्रदान गरी कृषि क्षेत्रका समस्या समाधान गर्न कृषि प्राविधिकहरुको सहयोग हुने जिल्ला कृषि विकास कार्यालय प्रमुख भरत बिडारीले बताउनुभयो  ।

विश्व बैंकको आर्थिक सहयोगमा कृषि मन्त्रालयले धनकुटाका ४३ अगुवा कृषक समूहलाई सूचना आदनप्रदान गर्नको लागि मोबाइल वितरण गरेर समस्या आदनप्रदान सुरु गरेको हो । मन्त्रालयले १४ लाख १९ हजार मूल्य बराबरको ४३ वटा एनड्रोइड मोबाइल र ४३ वटा बर्षात्को पानी नाप्ने यन्त्र रेनगेज उपकरण बितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयका २६ वटा र पशु विकास कार्यालयका १७ वटा कृषक समूहलाई यी समाग्री वितरण गरेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • काठमाडौंमा आज यो वर्षकै कम तापक्रम

    काठमाडौं, मंसिर २७ – काठमाडौंमा बुधबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

  • आज कहाँ पानी पर्ने सम्भावना, कहाँ पर्दैन ?

    काठमाडौं, मंसिर २१ – देशका एक दुई ठाउँमा बिहीबार फाट्टफुट्ट पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । भारतको गुजरात नजिकै अरब सागरमा बनेको सामुन्द्रिक चक्रवात ओकी को प्रभावले पश्चिममा र बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया