MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

विश्वयुद्धका बम निष्क्रिय पार्न ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित ठाउँमा सारियो

वैशाख २४ – विश्वयुद्धका बम निष्क्रिय गर्न जर्मनीको हेनोवर शहरबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । विश्वयुद्धका क्रममा खसालिएका बमलाई सुरक्षित रुपले निष्क्रिय गर्न हेनोवर शहरबाट ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बिबिसीले जनाएको छ । 

जसमा ७ वटा अस्पताल, एउटा क्लिनिक र एउटा टायर प्लान्ट पनि रहेको छ । मानिसहरुलाई आफ्नो औषधि तथा जरुरी सामान साथमा बोक्न अनुरोध गरिएको छ भने ग्यास चुल्हो तथा बिजुलीको उपकरण बन्द गर्न अनुरोध गरिएको छ । स्थानीय रेल सेवा पनि अस्थायी रुपमा बन्द गरिएको छ । 

सुरक्षित ठाउँमा मानिसहरुलाई संग्राहलय घुम्ने व्यवस्था गर्नुका साथै बच्चालाई खेल तथा चलचित्र देखाउने बन्दोबस्त गरिएको छ । यो जर्मनीको इतिहासमा विश्वयुद्धको बम निष्क्रिय पार्ने दोस्रो ठूलो अभियान हो । गत वर्ष पनि जर्मनीले आँसवर्गमा ३ दशमलव ८ टन बम निष्क्रिय गर्न ५४ हजार नागरिकलाई हटाएर शहर खाली गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘आइएसको पराजय सुरु’

    असार ८ – मोसुलको ऐतिहासिक मस्जिद अल नुरी इस्लामिक स्टेटद्वारा ध्वस्त गराइएपछि इराकी प्रधानमन्त्री हैदर अल आबादीले आइएसको आधिकारिक हार भएको बताउनुभएको छ ।

  • हरेक वर्ष ८ करोड ३० लाख मान्छे थपिँदै

    काठमाडौं, असार ८ – विश्वको जनसंख्या सन् २०५० सम्म झण्डै १० अर्ब पुग्ने एक अध्ययनले देखाएको छ ।

  • को हुन साउदीका नयाँ राजकुमार सलमान ?

    साउदी अरबका राजाले आफ्नो छोरा मोहम्मद बिन सलमानलाई नयाँ राजकुमार घोषणा गर्दै आफ्नो उत्तराधिकारी तोकेका छन् । साउदी राजाले आफ्ना भतिज मोहम्मद बिन नायफलाई हटाउँदै ३१ वर्षका सलमानलाई आफ्नो उत्तराधिकारीको रुपमा अगाडि ल्याएका हुन् ।

  • साउदी राजाले भतिजलाई हटाएर छोरालाई बनाए युवराज

    असार ७ – साउदी अरेबियाका राजाले भतिजलाई हटाएर आफ्ना छोरालाई युवराज घोषणा गरेका छन् । राजा सलमानले भतिज मोहम्मद बिन नायफलाई हटाएर आफ्ना छोरा मोहम्मद बिन सलमानलाई युवराज बनाउनुभएको हो ।

  • पाकिस्तानले जित्दा उत्सव मनाउने १५ भारतीय युवा पक्राउ

    असार ७ – च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधि पाकिस्तानले जितेपछि उसको पक्षमा नाराबाजी गरेका १५ जना भारतमा पक्राउ परेका छन् ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया