MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

दार्चुलामा तीन दिनदेखि फोन सेवा अवरुद्ध

बैतडी, वैशाख २४ – दार्चुलाको मार्मा क्षेत्रमा तीन दिनदेखि फोन सेवा अवरुद्ध भएको छ । शुक्रबार हावाहुरीसँगै परेको चट्याङले सिप्टीमा रहेको स्काइ फोनको टावरमा रहेका उपकरणमा क्षति पुर्‍याएपछि फोन सेवा अवरुद्ध भएको हो । 

फोन सेवा अवरुद्ध हुँदा यस क्षेत्रका स्थानीय सञ्चारबिहीन भएका छन् । अन्य फोन सेवाले काम नगर्र्ने यस क्षेत्रमा रहेको एकमात्र स्काइ फोन सेवा पनि अबरुद्ध हुँदा समस्या भएको स्थानीय बासिन्दा दिनेश सिंहले जानकारी दिनुभयो । 

फोन सेवा अवरु हुँदा दार्चुलाको मार्मा गाउँपाकिला, नौगढ गाउँपालिका, अपी हिमाल गाउँपालिका र बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीय बासिन्दा फोन सेवाबाट बञ्चित भएका छन् । 

यसबारे नेपाल टेलिकम दार्चुलाका प्रमुख ललित चन्दले उपकरणमा चट्याङले क्षति पु¥याएकाले सामान ल्याउन समय लाग्ने भएकाले फोन सेवा सञ्चालनका लागि अझै केही समय लाग्ने बताउनुभएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया