MENU

विचार/अनुभूति

यसरी हाल्नुपर्छ भोट (भिडियोसहित)

नवराज ढकाल -

तपाईंहरुलाई भोट हाल्ने तरीका सिकाउन, निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता हरेक गाउँगाउँमा पठाएको छ । उनीहरुले नै भोट हाल्ने तरिका, उम्मेदवारहरुको बारेमा जानकारी, सदर बदर लगायतका कुरा सिकाइरहेका छन् । तपाइँको घरमा उनीहरु आइसके होलान , नआएको भए पनि अब आउँछन् । 

अहिलेको चुनावमा ७ जना जनप्रतिनिधीको लागि ७ ठाउँमा भोट हाल्नुपर्छ । त्यसैअनुसार पहिलो खण्डमा पहिलो, दोस्रो, तेस्रो गरेर लहरै राजनीतिक दलहरुका चुनाव चिन्ह राखिएका छन् । यस्तै दोस्रो खण्डमा स्वतन्त्र उम्मेदवारहरुका चिन्ह राखिएका छन् ।

हरेक लहरमा आफुलाई मन परेको उम्मेदवारको लागि दिइएको चुनाव चिन्हमा मतदान गर्नुपर्ने हुन्छ । गाउँपालिका वा नगरपालिकाका अध्यक्ष वा प्रमुखकोे लागि एक ठाउँमा, उपप्रमुखको लागि १ ठाउँमा, वडाध्यक्षको लागि एकठाउँमा, महिला वडासदस्यको लागि एक ठाउँमा, दलित महिला सदस्यको लागि एक ठाउँमा र २ जना खुला वडा सदस्यका लागि २ ठाउँमा मत दिनुपर्छ । 

छैठौंमा एउटा र सातौं नम्बरका कोठामा उस्तै २ वटा चुनाव चिन्ह भएपनि एउटै उम्मेद्धारको हो । खला वडा सदस्यको लागि छैंठौं कोठामा एउटा र सातौं कोठामा एउटा छाप लगाउने हो । सातौं नंबरको कोठामा एकै प्रकारका २ वटा चिन्ह भए भन्दैमा झुक्किनुपर्दैन । बरु मतदाता नझुक्किउन भनेरै यस्तो गरिएको हो । 

उदाहरणको लागि कुनै एउटा राजनीतिक दलले २ वटा खुला वडा सदस्यमा रामबहादुरलाई र हरि बहादुरलाई उठाएको छ । राम बहादुर र हरि बहादुरले चुनाव प्रचार गर्दा एउटै चुनावी चिन्ह लिएर प्रचार गर्छन् । यदि हामीले सातौं नंबरमा पनि छैंठौंको जस्तो एउटै मात्रै चिन्ह राखेको भएमा मतदाता झुक्किने थिए । तर एउटै पार्टीका भएपनि सातौं नंबरमा २ वटा उस्तै चिन्ह राख्दा मतदाता अलमलमा पर्दैनन् । चुनावी प्रचार प्रसार गर्दा एउटै पार्टीका वडा सदस्यका उम्मेदवारले पनि २ वटा रुख, २ वटा सूर्य वा २ वटा हँसिया हथौडा भएको चुनाव चिन्ह रामबहादुरको र एउटा मात्रै चिन्ह भएको हरिबहादुरको भनेर प्रचार गर्छन । सजिलोको लागि हामीले एउटै पार्टीका वडा सदस्यका उम्मेद्वारका एकै प्रकारका २ वटा चिन्ह राखिदिएका हौं ।

मत कसरी दिनुपर्छ र के गर्दा मत बदर हुँदैन भन्ने चेतना फैलाउन निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको छ । उहाँहरुको साथमा नमूना मतपत्र छ, अन्योल भएमा उहाँहरुलाई पनि सोध्न सकिन्छ । यस्तो अवस्थामा मत बदर हुन्छ :

  • सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा,

  • औंठा छाप लगाई वा तोकिएको छाप बाहेक अरु चिन्ह वा छाप लगाइ मत दिएमा,

  • मतसंकेत चिन्ह नबुझिने गरि लतपतिएको वा च्यातिएमा,

  • उम्मेद्धारको निर्वाचन चिन्ह रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरेमा,

  • उम्मेदवार नरहेको निर्वाचन चिन्हमा मात्र मत संकेत गरेमा

  • निर्वाचन गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएका कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा,

  • एक भन्दा बढि उम्मेद्वारको निर्वाचन चिन्ह भएको कोठामा मत संकेतको चिन्ह पर्नेगरी मत संकेत गरेमा,

  • मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएको अवस्थामा,

  • कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत नगरेमा,

  • निर्वाचन आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्धारा मतदान गरेमा,

  • मतपेटिका भन्दा बाहिर राखेमा,

  • र जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र फेला परेमा ।

ठाउँ अनुसार फरक फरक किसिमका मत्रपत्रको व्यावस्था गरिएको छ । ७५ जिल्लाको लागि ७५ किसिमका मतपत्रको व्यावस्था गरिएको छ । मतदाताको हातमा आएको मतपत्र ठूलो भएको अवस्थामा सजगता अपनाउनुपर्छ । मतसंकेत वा स्वस्तिक चिन्ह लगाइसकेपछि तत्कालै मतपत्र पट्याउनु हुँदैन । त्यसरी मतपत्र पट्याउँदा एक ठाउँमा लागेको मसी अन्यत्र लाग्न सक्छ  । यसरी मसी लतपत भएमा मत बदर हुन सक्छ । त्यस्तै मतपत्र पट्याउँदा पनि ध्यान दिनुपर्छ । ढंग नपु¥याइ मतपत्र पट्याएमा च्यातिन सक्छ । 

अहिलेको चुनाव कुनै पार्टीका उम्मेद्वारलाई जिताउने मात्रै नभइ गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकारलाई कार्यान्वयन गराउने व्यक्ति चुन्ने अवसर पनि हो । त्यसैले सबै मतदाताले विचार गरेर मात्र मत दिनुपर्छ । शहरमा रहेका र विदेशमा रहेका मतदाता पनि सकिन्छ भने गाउँ फर्केर मतदानमा सहभागी हुनुपर्छ ।

  (निर्वाचन आयोगका सहसचिव तथा मतदाता शिक्षा कार्यक्रमका प्रमुख)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया