MENU

मनोरञ्जन

Ncell Axiata
USAID

‘मोटरसाइकलमा’ स्वस्तीमा र प्रदीप, प्रेम गीत २ को आइटम गीत

काठमाडौं, वैशाख २५ – सिनेमा प्रेम गीत-२ मा समावेश आइटम गीत सार्वजनिक भएको छ । मोटरसाइकलमा बोलको गीतमा नायिका स्वस्तीमा खड्का, प्रदीप खड्का, अश्लेशा ठकुरी लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । 

प्रदाप दास र इन्दिरा जोशीको आवाज रहेको गीतमा एलिस कार्कीको संगीत छ । राजेश कुमार श्रेष्ठ र बबिनका शब्द रहेका छन् ।

स्कटिस संगीतको स्वादसँग संगीतकार एलिस कार्कीले नेपालीपन मिश्रण गरेर मोटरसाइकलमा बोलको गीत तयार पारेका छन् जुन नेपालीका लागि बिल्कुलै नयाँ स्वाद हो । संगीतकारका अनुसार क्लब गीतलाई स्कटिस फ्लेवरमा कम्पोज गरिएको हो । एलिस नेपाली अडियन्सले यो गीतलाई मन पराउनेमा विश्वस्त छन् ।  

नेपाल, थाईल्याण्ड तथा वर्मामा छायाकंन गरिएको यो सिनेमाको शीर्ष गीत केही समय अघि मात्रै रिलिज गरिएको थियो जसलाई दर्शकले खुबै रुचाएका छन् ।  राम शरण पाठकको निर्देशन र सन्तोष सेनको निर्माण रहेको प्रेम गीत २ साउन १३ मा प्रदर्शन हुँदैछ ।

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया