MENU

साहित्य/ कला

Ncell Axiata
chhaka panja

​पश्चिम घुमेर फर्कियो ‘भरियाको भूगोल’

काठमाडौं, वैशाख २५ – कवि/गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ले मुलुकका विभिन्न पश्चिमी सहरको काव्ययात्रा सम्पन्न गरेको छ । 

वैशाख १७ गते हेटौंडाबाट सुरु भएको पुस्तकयात्रा १८ गते चितवनको रत्ननगर टाँडी, नारायणगढ, कावासोतीहुँदै अगाडि बढेको थियो । यात्रा प्रकाशन संस्था नेपालयको समायोजनमा भएको हो । हेटौंडामा अधिकारीको लेखन र पुस्तकमाथि कवि निमेस निखिल, घनश्याम घिमिरे, बच्चुराम अधिकारी र नीरा शर्माले आफ्ना धारणा व्यक्त गरेका थिए । निखिलले कवि तथा गीतकार दिनेश अधिकारी समाज प्रति उत्तरदायी सर्जक भएको बताउनुभयो । हेटौंडा क्याम्पस भित्र आयोजित कार्यक्रममा स्थानीय प्रवुद्ध व्यक्तित्व र कलेजका विद्यार्थीको उपस्थिति थियो । 

१८ गते विहान रत्ननगर टाँडीमा श्रष्टा अधिकारीबारे बोल्न र सुन्न चितवनका सृजनशील व्यक्तित्वको उपस्थिति थियो । गजलकार तथा शिक्षासेवी धनराज गिरीले संचालन गरेको कार्यक्रममा संगीतकार तथा कवि आभासले दिनेश अधिकारीको काव्यमा रहेको गीति सौन्दर्यबारे चर्चा गर्नुभएको थियो । शिक्षा सेवी उदय अधिकारीले कवि सामाजिक र राजनीतिक सोचबाट अप्रभावित रहन नसक्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा चितवनका प्रतिभाशाली कवि भूपिनले ‘भरियाको भूगोल’ काव्यमाथि विवेचनात्मक चर्चा गर्नुभएको थियो । अधिकारी बिम्ब निर्माणमा मौलिकता पहिल्याउने कविभएको धारणा भूपिनको थियो । कार्यक्रममा चेतराज रेग्मी, सुरेन्द्र असफल, एलबी क्षेत्री र केदारनाथ खनालले पनि धारणा राख्नुभएको थियो । कार्यक्रम वाल्मिकी साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको सभापतित्वमा भएको थियो । त्यसै दिन दिउँसो कावासोती पुगेको पुस्तकयात्रामा स्थानीय साहित्य प्रेमीको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा कवि दिनेश अधिकारीले आफ्नो कविताकर्म सिर्जनाप्रतिको अनवरत प्रेमको परिणाम भएको धारणा राख्दै झण्डै कविता वाचन गर्नुभएको थियो ।

‘भरियाको भूगोल’माथि १९ गते पाल्पामाविमर्श भएको थियो । नेपालकै ऐतिहासिक धवल पुस्तकालयमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व स्वयं पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले गर्नुभएको थियो । कार्यक्रममा कवि दिनेशले कविता वाचन गर्नुभएको थियो । राजेशकुमार अर्यालले संचालनगरेको कार्यक्रमको अन्त्यमा उपस्थित व्यक्तिहरूले आफ्ना रचनामाथि राखेको जिज्ञासाको अधिकारीले जवाफ दिनुभएको थियो । ‘भरियाको भूगोल’लिएर पुस्तकयात्रामा निस्केको टोली त्यसै दिनवालिङ पुगेको थियो । बाल विद्या विकास स्कुलको प्राङ्गणमा सम्पन्न कार्यक्रमलाई लोक संस्कृतिका अनुसन्धाता तुलसीप्रभासले संचालन गर्नुभएको थियो । शिक्षासेवी एलपी जवारचनको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी लगायत ठूलो संख्यामा स्थानीय साहित्यप्रेमीको उपस्थिति थियो ।

पुस्तकयात्रा २० गते कुस्मापुगेको थियो । स्थानीय संस्थाहरू प्याप्सन पर्वत, र्याण्डम रिडर्स सोसाइटी पर्वत र पर्वत साहित्य संगमले आयोजना गरेको कार्यक्रमलाई हिमबहादुर पौडेल क्षेत्रीले संयोजन गर्नुभएको थियो । विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कवि दिनेश अधिकारीको कविता वाचनबाट उपस्थित सबै प्रभावित भएका थिए । त्यही दिन साँझ पुस्तकयात्रा टोलीले बागलुङमा कार्यक्रम सम्पन्न गरेको थियो । बागलुङ जेसिसले आयोजना गरेको कार्यक्रमलाई जोन बज्राचार्यले सभापतित्व गर्नुभएको थियो । कार्यक्रममा बागलुङका काजी रोशन, प्रेम छोटा लगायत मुलुकले चिनेका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो । कवि दिनेशले आफ्नाे लोकप्रिय कविता र गीत वाचन गरेर कार्यक्रमको रौनक बढाउनुभएकाे थियाे ।

पुस्तकमाथि २१ गते बिहान बेनीमा अन्तरसंवाद सम्पन्नभएको थियो । मुकुन्द पौडेलले काव्यमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । श्रमिक माथि आधारित ‘भरियाको भूगोल’ले नीतिनिर्माणमा पनिप्रभावपारोस्’ पौडेलको धारणा थियो । कार्यक्रममा शिक्षासेवी दलबहादुर जिसीको सभापतित्वमा भएको थियो । बुलबुल साहित्यिक पत्रिका सह आयोजक रहेको कार्यक्रम आयोजक न्यु होराइजन आवासीय माविकै प्राङ्गणमा भएको थियो। नौवटा कार्यक्रमपछि ‘भरियाको भूगोल’को यात्रा टोलीले दमौलीमा दशौं कार्यक्रम सम्पन्न गरेको थियो । दमौलीमा काव्यकृति माथि डा. ईश्वरचन्द्र वाग्लेले आफ्ना विचार व्यक्त गरेका थिए । उनले कविको नयाँ कृतिउनको पुरानो कविता ‘हर्कबहादुर’कै जस्तो श्रमिकको पक्षमा रहेको धारणा राख्नुभयो । गीतकार सागर उदासको सभापतित्वमा आयोजित कार्यक्रमलाई राजु दहालले संयोजन गरेका गर्नुभएको थियो । गण्डकी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको दमौलीको कार्यक्रम नेपालपत्रकार महासंघको कार्यालयमा भएको थियो । कार्यक्रममा कासीनाथ न्यौपाने, आकास अधिकारी, गौकुमारी न्यौपाने लगायतका स्थानीय साहित्यकारहरूले मन्तव्य राखेका थिए ।

यात्राका क्रममा सबै स्थानमा प्रकाशन नेपालयका तर्फबाट संगीतकार, कवि तथा गायक आभासले दिनेश अधिकारीको काव्यमा रहेको गीति सौन्दर्यका साथै दिनेश अधिकारीको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया