MENU

समाज

Ncell Axiata

जग्गा नभएका भूकम्पप्रभावितले थप दुई लाख अनुदान पाउने पक्का

काठमाडौं, वैशाख २५ – जग्गा नभएका भूकम्प प्रभावितले सुरक्षित ठाउँमा जग्गा किन्न थप दुई लाख रुपैयाँ अनुदान पाउने भएका छन् । 

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिफारिसमा भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचिमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका तथा जोखिमयुक्त स्थानबाट सुरक्षित ठाँउमा सर्न चाहने भूकम्प प्रभावितलाई घडेरी खरिद गर्न अनुदान स्वरुप दुई लाख रुपैयाँ दिने भएको हो । 

यही वैशाख २१ गते बसेको मन्त्रिपरिषद्को वैठकले प्राधिकरणले पठाएको भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण पहिलो संशोधन कार्यविधि २०७४ लाई स्वीकृत गर्ने निर्णय गरेपछि जग्गा नभएका प्रभावितले थप दुई लाख रुपैयाँ पाउने पक्का भएको हो । 

प्राधिकरणको कार्यकारी समितिको २०७४ वैशाख ८ गतेको वैठकले लाभग्राही सूचिमा परेका त्यस्ता लाभग्राहीलाई घर बनाउने जग्गा खरिदका लागी अनुदान स्वरुप दुई लाख रुपैयाँ उपलव्ध गराउने गरि पठाएको पहिलो संशोधन कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । 

त्यसैगरी स्वीकृत कार्यविधी अनुसार सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गा अतिक्रमण गरी बनाईका घर क्षति भई लाभग्राही सूचिमा परेका लाभग्राहीको हकमा एक सगोलका घर परिवारको नेपाल राज्यभर अन्यत्र जग्गा नभएका र जोखिमयुक्त वस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा सर्ने शर्तमा घडेरी खरिद गर्न प्राधिकरणले तोकिएको प्रक्रिया पुरा गरी अुनदान स्वरुप दुई लाख रुपैयाँ उपलव्ध गराइने उल्लेख छ । तर त्यस्तो लाभग्राहीले हाल उपभोग गरिरहेको स्थान प्रयोग गर्न पाउने छैन । यस्ता लाभग्राहीले निजी आवास निर्माणका लागी थप तीन लाख अनुदान समेत प्राप्त गर्ने छन् । 

मन्त्रिपरिषद्को सोमबारको निर्णयपछि भूकम्प प्रभावित विभिन्न जिल्लामा हालसम्म पहिचान भएका मध्ये आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका ९ हजार ४ सय २० घरधुरी परिवार लाभाविन्त हुनेछन् । 

त्यस्तै १ सय १२ वटा जोखिमयुक्त वस्तीका २७ सय ५१ घरधुरी सुरक्षित स्थानमा सर्न बाटो खुलेको छ । जोखमयुक्त वस्तीबाट अन्यत्र सर्न चाहने लाभग्राहीले सोही जिल्ला वा सिमाना जोडिएको प्रभावित जिल्लाको सुरक्षित स्थान छनौट गर्नुपर्नेछ । यस्तै स्वीकृत कार्यविधी अनुसार अनुदान सम्झौता हुनु अगावै घरधनी स्वयंमले घर निर्माण गरिसकेको र चेकजाँच गर्दा त्यो भूकम्प प्रतिरोधी भए त्यस्ता लाभग्राहीलाई एकमुष्ठ तीन लाख रुपैया अनुदान पाउने छन् ।  

उक्त कार्य्विधिमा २०७२ साल वैशाख १२ गते अगावै सम्बन्धित मालपोत कार्यालयमा अंशबण्डा कागज पारित गरेका घर परिवारलाई छुट्टै घर परिवारमा गणना गरी अनुदान रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ, तर अंशबण्डा कागज अड्डाबाट पारित नगरेको भएतापनि २०७२ वैशाख १२ गते अगावै मानो छुट्टिई अलग घर बनाई बसेका  र केन्द्रीय तथ्याकं विभाद्वारा भूकम्प प्रभावित लगत संकलन कार्यक्रम अन्तर्गत संकलन गरिएको तथ्यांकमा परेको र छुट्टी भिन्न भई अलग अलग घर बनाई बसोबास गरेको अवस्थामा स्थानीय गाउँपालिका वा न.पा. प्रमुख वा निजले तोकेको कर्मचारीको रोहबरमा हुने सर्ज्िमनको आधारमा पुष्टि भएमा त्यस्तो भूकम्प प्रभावित घरधनीलाई समेत छुट्टै घर परिवारमा गणना गरी अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ । 

प्राधिकरणका प्रवक्ता यमलाल भूसालले मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त कार्य्विधि अनुसार भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणले गति लिने बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिहारको लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    सप्तरी, असोज ३१ – तिहारको लागि घर आँगन लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा न. ४ की एक महिलाको मंगलबार बेलुका माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

  • डोटी बस दुर्घटना : ३ जनाको मृत्यु, २४ घाइते

    डडेल्धुरा, असोज ३१ – भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

  • यी हुन् बालकलाई गोली हान्ने ३ अभियुक्त

    सोलुखुम्बु, असोज ३१ – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ ।

  • जता गए पनि नेपाली पर्यटक : होटल र पर्यटन व्यावसायीलाई मालामाल

    स्वर्गकी अप्सरा उपनामले चिनिने रारामा २/३ वर्षअघिसम्म नेपालीहरु खासै देखिँदैनथे । रारा नेपालीको पहुँचबाट टाढै छ भन्ने मान्यता थियो । तर अहिले दसैँपछि मात्रै ५ हजार भन्दा धेरै नेपाली राराताल पुगेका छन् । जबकी विदेशी पर्यटकको संख्या ५ सय पनि पुगेको छैन् ।

  • कैदीलाई कारागारमै टिभी

    लमजुङ, असोज ३१ – जिल्ला कारागार लमजुङमा रहेका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुसूचित गराउन दुई वटा टेलिभिजन प्रदान गरिएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया