MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

चुनावका दिन पानी पर्ने सम्भावना

काठमाडौं, वैशाख २६ – मंगलबार काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको छ । राति हल्का पानी परे पनि बिहानी पख केही ठाउँमा ठूलो पानी परेको मौसमविदले बताएका छन् । मौसमविद सुजन सुवेदीका अनुसार मंगलबार देशभरिकै मौसम बदली भएको छ । धेरै ठाउँमा मेघगर्जनसहित पानी परेको छ । मंगलबार दिनभरिकै मौसम यस्तै रहने छ ।  

एक छिन मौसम सफा जस्तो भए पनि फेरि पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । बुधबार पनि मौसम यस्तै रहने अनुमान गरिएको छ । बुधबार पनि मेघगर्जनसहित पानी पर्ने मौसमविद सुजन सुवेदीले बताउनुभयो । 

स्थानिय वायूसँगै न्यून चापीय क्षेत्र विकास भएको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएकाले मौसम बद्ली भई पानी परेको हो । प्रि मनसुनको समय भएकाले ५ दिन पछि हुने स्थानिय तहको चुनावका दिन पनि पानी पर्न सक्ने अनुमान गरिएको छ । अहिलेको अवस्थालाई हेर्दा चुनावको दिन पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । अहिले ३ दिनको मात्र मौसमको भविष्यवाणी गरिने हुँदा चुनावमा पानी नै पर्ने भन्ने बारे भने अहिले नै भन्न नसकिने मौसमविद सुजन सुवेदीले बताउनुभयो । तर उहाँले पानी पर्न सक्ने सम्भावना रहेको भने औल्याउनु भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया