MENU

खेल

Ncell Axiata
sagun

इरानमा भेटिए अर्को मेस्सी, छुट्याउनै मुश्किल

वैशाख २६ – इरानमा विश्वफुटबलका स्टार खेलाडी लियोनल मेस्सी जस्तै देखिने व्यक्ति भेटिएका छन् । इरानका रिजा पारास्टेश मेस्सी जस्तै देखिन्छन् । उनका फुटबल आइडल मेस्सी हुन् । उनी अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर मेस्सी जस्तै देखिन्छन् । उनको लगाइदेखि कपाल तथा दाह्री पनि मेस्सीको जस्तै छन् । उनलाई पहिलो पटक देख्ने जोकोही पनि मेस्सी भनेर झुकिन्छन् । इरानको हमेदन शहरमा उनलाई देखेपछि धेरै मानिस सेल्फि खिच्न दौडिए । उनका कारण सामाजिक व्यवस्था खलबल्याएको भन्दै प्रहरीले झण्डै उनलाई पक्राउ गरेन । प्रहरीले उनको गाडीलाई स्कर्टिङ गरेर ट्राफिक खुलाएको थियो । इरानको एक सामान्य परिवारमा जन्मिएका २५ वर्षका रिजाले अर्जेन्टिना र मेस्सीले प्रयोग गर्ने जर्सी लगाएको फोटो इरानको समाचार संस्था मिहरमा सार्वजनिक भएपछि चर्चामा एक हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया