MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

म्याक्रोनको पार्टीबाट संसदको उम्मेद्वार बन्ने फ्रान्सका पूर्व प्रधानमन्त्री भाल्सको चाहना

वैशाख २६ – फ्रान्सका समाजवादी नेता तथा पूर्व प्रधानमन्त्री म्यानुएल भाल्सले नव निर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टीबाट संसदीय चुनावमा उम्मेद्वार बन्न चाहेको बताउनुभएको छ । फ्रान्समा आउँदो जुन महिनामा संसदीय चुनाव हुँदैछ । आइतबार भएको राष्ट्रपतिको चुनावमा ३९ वर्षका मध्यमार्गी नेता म्याक्रोन फ्रान्सको निर्वाचित हुनुभएको छ । पूर्व प्रधानमन्त्री भाल्सले समाजवादको अन्त्य भएको र आफू म्याक्रोनको पार्टीका तर्फबाट संसदीय चुनाव लड्न चाहेको बताउनुभएको हो ।

राष्ट्रपतीय चुनावमा ६६ प्रतिशत भन्दा बढी मत ल्याउभएका म्याक्रोनको पार्टी अहिले संसदीय चुनावको तयारीमा छ । १३ महिनाअघि पूर्व इन्भेस्टमेन्ट बैंकर म्याक्रोनले १३ महिनाअघि एन मार्चे (अन द मुभ) पार्टी बनाउनुभएको थियो । अहिले पार्टीका नाम ला रिपब्लिक एन मार्चे बनाइएको छ । एन मार्चेले अहिले जुनमा हुने संसदीय चुनावका लागि उम्मेद्वार छनौटको तयारीमा छ । भाल्सले प्रधानमन्त्रीबाट राजीनामा दिएर समाजवादी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार बन्ने होडमा लाग्नुभएको थियो । पछि उहाँले म्याक्रोनलाई समर्थन गर्नुभएको थियो ।

नयाँ पार्टी भएकाले संसदमा अहिले एन मार्चेका प्रतिनिधि छैनन् । म्याक्रोनका लागि आउँदो महिना हुने संसदीय चुनाव ठूलो परीक्षण रहेको फ्रान्सेली पत्रकार तथा राजनीतिक विश्लेषक नाबिला रामदानीले बताउनुभयो । बहुमतमा काम गर्नका लागि म्याक्रोनको लक्ष्य संसदका २९० सिटमा जित निकाल्नु हुने उहाँको भनाई छ ।

संसदीय चुनावमा म्याक्रोनको पार्टी एन मार्चेले २४० देखि २८६ सिटीसम्म जित्ने सम्भावना रहेको पत्रकार रामदानीले बताउनुभयो । म्याक्रोनको प्रभाव निकै राम्रो रहेको उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया