MENU

खेल

Ncell Axiata
chhaka panja

च्याम्पियन्स लिगः युभेन्टस भर्सेस मोनाको, इतिहास कस्को पक्षमा ?

वैशाख २६ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति युभेन्टस र मोनाको बिच प्रतिस्पर्धा हुँदैछ । घरेलु मैदानमा हुने खेलमा गएको हप्ता अवे मैदानमा भएको पहिलो लेगमा जित निकालेको युभेन्टस दोस्रो लेगमा पनि जित निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा मैदान उत्रने छ । घरेलु मैदानमा भएको पहिलो लेगमा २–० ले पराजित भएको मोनाको भने अवेमैदानमा जित निकाल्दै च्याम्पियन्स लिगको इतिहासमा ऐतिहासिक पुनरागमन गर्ने तयारीमा जुटेको छ । तर इतिहास भने युभेन्टसको पक्षमा छ । इटालीयन सिरी ए क्लब युभेन्टसले अहिलेसम्म फ्रेन्च लिग वान क्लब मोनाकोसँग भएका ११ नकआउट खेलमा जित निकालेको छ ।

मोनाकोले अहिलेसम्म इटालीमा भएको सात खेलमा जित निकाल्न सकेको छैन । प्रतियोगिताको सेमिफाइनलमा अहिलेसम्म घरेलु मैदानमा भएको पहिलो लेगमा पराजित भएका दुई टिमले मात्रै दोस्रो लेगमा पुनरागमन गर्न सकेका छन् । पहिलो लेगमा दुई गोलले पछि परेका कुनै टिमले भने अहिलेसम्म पुनरागमन गर्न सकेका छैनन् । च्याम्पियन्स लिगको इतिहासमा युभेन्टस र मोनाकोबिच सेमिफाइनलमा दोस्रो पटक भेट हुन लागेको हो । १९ वर्षअघि समेमिफाइनलमा युभेन्टसले मोनाकोलाई समग्रमा ६–४ ले हराएको थियो । पछिल्लो तीन वर्षमा युभेन्टस दोस्रो पटक सेमिफाइनलमा पुगेको हो । मोनाको चौथो पटक लिगको सेमिफाइनलमा पुग्न सफल भएको हो । अरु कुनै पछि फ्रेन्च टिम एक पटक भन्दा बढी च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेका छैनन् । युभेन्टस र मोनाको बिचको खेल राति साढे १२ बजे हुनेछ । विजेताले फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्नेछ । रियल मड्रिडले पहिलो लेगमा ३–० को जित निकाल्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया