खेल
युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा, उपाधि भिडन्त लागि रियल वा एथ्लेटिको मड्रिडसँग
- Wednesday, May 10, 2017
- 06:35 AM ( 11 months ago )
- Total Views: 22.1 K
वैशाख २७ – युभेन्टस च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित युभेन्टसले फाइनलमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा इटालिय सिरी ए क्लब युभेन्टसलाई जिताउन मारिओ मान्जुकी र डानी एल्भेसले गोल गरे ।
फ्रेन्च लिग वान क्लब मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । युभेन्टसले दुवै गोल पहिलो हाफमा नै गरेको थियो । ३३ औं मिनेटमा मान्जुकीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।
४४ औं मिनेटमा एल्भेसले गोल गर्दै अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा एमबाप्पेले मोनाकोका लागि एक गोल फर्काए । पहिलो लेगमा युभेन्टसले मोनाकोलाई उसकै मैदानमा २–० ले हराएको थियो ।
युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको हो । युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
सन् २०१५ मा फाइनलमा पुगेको युभेन्टस बार्सिलोनासँग ३–१ ले परातिज भएर उपविजेतामा सीमित भएको थियो । युभेन्टसले आउँदो जुन ३ मा हुने
फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्ने छ । पहिलो लेगमा ३–० ले विजयी भएको रियल मड्रिड फाइनलमा पुग्ने सम्भावना बलियो छ । दोस्रो लेग बुधबार राति हुँदैछ ।
सम्बन्धित सामग्रीहरु
-
क्यान साधारणसभाका प्रतिनिधि भन्छन : अब अति भयो, आईसीसीले भनेअनुसार गरौं
काठमाडौं, वैशाख ६ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा गर्न आफूले भनेका प्रावधान समेटेर विधान पारित गर्न भनेपछि क्यानको विशेष साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
-
इलाम गोल्डकपको उद्घाटन खेलमा माइभ्याली र पोखरा खेल्दै
इलाम , वैशाख ६ – इलाम अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलको चौथो संस्करण विहीबारदेखि सुरु हुँदैछ ।
-
क्यानको विशेष साधारणसभा : हट्ला नेपाली क्रिकेटको निलम्बन
काठमाडाैं, वैशाख ६ – नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा विहीबारबाट सुरु हुँदैछ ।
-
आईपीएल क्रिकेट : राजस्थानलाई रनाहा, कोलकाता शीर्ष स्थानमा
वैशाख ६ – आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ ।
-
सातजना खेलाडी फेरेर पनि जिताए मोउरिन्होले, च्याम्पियन्स लिग खेल्ने पक्का
वैशाख ६ – इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडबाट बाहिरिएको म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो एफ ए कपतर्फ केन्द्रीत भएका छन् । यसैकारण उनले प्रिमियर लिगमा बर्नमाउथसँगको खेलमा एउटा प्रयोग गरे ।
-
सलमानको प्रेमिका बन्दैछिन् मौनी रोय
वैशाख ६ – सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन ।
- क्यान साधारणसभाका प्रतिनिधि भन्छन : अब अति भयो, आईसीसीले भनेअनुसार गरौं
- नारायणगढ–मुग्लिन सडक : पहाड काटिएको बाटोमा पहिरो नियन्त्रण होला त ?
- चीनसँग यति धेरै किन डराउँछ भारत ?
- मध्य रातमा बिस्केट जात्रामा ढुंगा हान्ने १३ जना पक्राउ
- वीरगञ्ज महानगरपालिकाको कार्यालयमा शंकास्पद बस्तु फेला
- हातहतियारसहित प्रहरीको आँखा छलेर भागेका मोक्तान पक्राउ
- ६० तोला सुन जुत्तामा लुकाएर ल्याउने भारतीय नागरिक विमानस्थलबाट पक्राउ
- बाँदरबाट हामीले पैसाको बारेमा के सिक्न सक्छौँ ?
- उत्तर कोरियासँग वार्ता सफल नभए ट्रम्प बीचमै उठेर हिँड्ने
प्रतिक्रिया दिनुहोस