MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

ट्रम्पद्वारा एफबिआई निर्देशक कोमी बर्खास्त

वैशाख २७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग (एफबिआई) का निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्नुभएको छ । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार रहनु भएकी हिलारी क्लिन्टनको इमेलका सम्बन्धमा भएको अनुसन्धानको विषयलाई लिएर ट्रम्पले कोमीलाई बर्खास्त गरेको अधिकारीले बताएका छन् । ह्वाइट हाउसले आश्चर्यजनक रुपमा एफबिआई निदेर्शक कोमीलाई बर्खास्त गरेको हो ।

गएको हप्ता कोमीले क्लिन्टनको इमेलका बारेमा कांग्रेसलाई जानकारी गराउनु भएको थियो । कांग्रेसलाई क्लिन्टनको इमेल सम्बन्धी गलत जानकारी दिएको कोमीमाथि आरोप छ । एफबिआईले ट्रम्पको राष्ट्रपतीय अभियानमा संलग्न व्यक्ति र रुसबिचको सम्बन्धका बारेमा पनि अनुसन्धन गरिरहेको छ । यही बिचमा ट्रम्पले कोमीलाई बर्खास्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपति ट्रम्पले कोमीलाई महान्यायाधीवक्ता जेफ सेसन्सको सिफारिसमा बर्खास्त गर्नुभएको ह्वाइटहाउसले जनाएको छ । महान्यायाधीवक्ता सेसन्सले कोमीले ब्युरोलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको भनेको कुरा ट्रम्पले कोमीलाई बर्खास्त गरिएको पत्रमा उल्लेख गर्नुभएको छ ।

महान्यायाधीवक्ता सेसन्सले ब्युरोमा नयाँ नेतृत्वको खाँचो रहेकोमा जोड दिनुभएको छ । चार वर्षअघि एफबिआईको निर्देशकमा नियुक्त हुनुभएका कोमीको कार्यकाल अझै ६ वर्ष बाँकी थियो । एफबिआईको नयाँ निदेर्शकको खोजी तत्काल सुरु गरिएको ह्वाइटहाउसले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया