MENU

खेल

Ncell Axiata
sagun

च्याम्पियन्स लिगमा एमबाप्पेको कीर्तिमान, १८ वर्ष १४० दिनमा गोल

वैशाख २७ – युभेन्टससँग मंगलबार राति भएको दोस्रो लेगमा २–१ ले परातिज हुँदै समग्रमा ४–१ को हारसँगै मोनाको च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरियो । तर यो खेलमा गोल गरेका फ्रेन्च क्लब मोनाकोका युवा खेलाडी केलियन एमबाप्पेले भने कीर्तिमान बनाए । फ्रान्सेली खेलाडी एमबाप्पेले खेलको ६९ औं मिनेटमा गोल गरे । यो गोल युभेन्टसले च्याम्पियन्स लिगका खेलमा ६८९ मिनेटमा खाएको पहिलो गोल बन्यो । एमबाप्पेले बनाएको महत्वपूर्ण कीर्तिमान भने कम उमेरमा च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्ने हो । १८ वर्ष एक सय ४० दिनमा गोल गरेका उनी च्याम्पियन्स लिगको इतिहासमा सेमिफाइनलमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पेले अहिलेसम्म च्याम्पियन्स लिगमा ६ खेलमा ६ गोल गरेका छन् । सबै गोल नकआउट चरणमा हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया