MENU

साहित्य/ कला

Ncell Axiata
sagun

कविता-“चुनाव”

“चुनाव”

 

                                         - उस्ताद सुदर्शन राजोपाध्याय् 

जताततै जहिँतहिँ एउटै आवाज छ मानवहरुको  
समय आको छ अब उही दानवहरुको
अनुभूति छ संलग्नहरुलाई तनावै तनावको
चहल पहल बढेको छ उही चुनावको ।

यत्रतत्र उही पुरानै अनुहारको छ प्रभाव 
भोट हाल्नु पर्ने सबैलाई छ तनाव
भोट किन दिने कोसँग छ जवाफ
बुद्धिजिबिहरुको  साँच्चै छ अभाव
आउँदै छ उहि स्थानीय चुनाव ।

शिक्षण संस्था बन्द गर्ने नीति छ खराब
हरेक ठाउँमा कुराजनितिको दबाब
इतिहसको पाना पल्टाउन सक्ने को छ जनाव
खै त कोसँग छ यहाँ सद्भाव 
साँँच्चै कतिको महत्वपूर्ण हो यो चुनाव ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया