MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

दक्षिण कोरियाको राष्ट्रपतिमा मुन निर्वाचित

वैशाख २७ – दक्षिण कोरियाको राष्ट्रपतिमा मुन जाए–इन निर्वाचित हुनुभएको छ । मंगलबार भएको चुनावमा ६४ वर्षका मानवअधिकार अधिवक्ता मुन दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । 

डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्नुभएका मुनले ४१ दशमलव १ प्रतिशत मत ल्याउनुभएको कोरियाले सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिका अर्का प्रत्यासी कन्जरभेटिव पार्टीका होङ जुन–प्योले २५ दशमलव ५ प्रतिशत मत ल्याउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित हुनुभएका मुनले बुधबार शपथग्रहण गर्दै हुनुहुन्छ ।

भ्रष्टाचार आरोपमा पार्क गेउन–हेयी राष्ट्रपतिबाट बर्खास्त भएपछि दक्षिण कोरियामा नयाँ राष्ट्रपतिका लागि चुनाव भएको हो । भ्रष्टाचार नियन्त्रण, राजनीतिक रुपमा विभाजित देशलाई एकीकृत गर्नु, सुरक्षा तथा उत्तर कोरियासँगको सम्बन्ध र चुनौतीलाई व्यवस्थापन गर्नु उहाँका मुख्य चुनौती हुन् ।

मुनले दक्षिण कोरियाको १९ औं राष्ट्रपतिको रुपमा जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो । उहाँ उत्तर कोरियाबाट शरणार्थीको रुपमा आएका व्यक्तिका छोरा हुनुहुन्छ । जितपछि बोल्दै मुनले देशलाई एकीकृत गर्नु र थप विकसित गराउनु नै आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया