MENU

खेल

Ncell Axiata
chhaka panja

च्याम्पियन्स लिगमा मड्रिड डर्बी : इतिहास र पछिल्लो अवस्था

वैशाख २७ – यो सिजनको च्याम्पियन्स लिग फुटबल अहिले उत्कर्षमा पुगेको छ । मोनाको माथि समग्रमा ४–१ को जितसहित युभेन्टसले फाइनलमा स्थान बनाएको छ । बुधबार राति साबिक विजेता रियल मड्रिडले सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग उसकै मैदानमा खेल्दैछ । गएको हप्ता घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेकाले उसको फाइनल पुग्ने सम्भावना बलियो छ । 

इतिहास

च्याम्पियन्स लिगमा गएको वर्ष रियल मड्रिडले फाइनलमा एथ्लेटिको मड्रिडलाई हराएर उपाधि जितेको थियो । यसैले यो वर्षको सेमिफाइनललाई गएको वर्षको फाइनलको रुपमा हेरिएको छ । गएको वर्ष फाइनलमा निर्धारित तथा अतिरिक्त समयमा १–१ को बराबरी भएको थियो । त्यसपछि भएको टाइब्रेकरमा रियल मड्रिडले ५–३ ले एथ्लेटिकोलाई हराउँदै उपाधि जित्यो । त्यसअघि सन् २०१४ को फाइनलमा पनि रियलले एथ्लेटिकोलाई नै हराएर उपाधि जितेको थियो । त्यसबेला रियलले अतिरिक्त समयमा एथ्लेटिकोलाई ४–१ ले हराएर उपाधि जितेको हो । गएको हप्ता भएको खेलमा रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल मड्रिडले जित निकाल्यो । दोस्रो लेग अन्तर्गत बुधबार राति हुन लागेको मड्रिड डर्बी युरोपका प्रतिस्पर्धामा हुन लागेको छैटैं मड्रिड डर्बी हो । युरोपका सबै प्रतियोगितामा गरेर अहिलेसम्म २८ पटक सेमिफाइनलमा पुगेको रियल लगातार सातौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा आएको हो । सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलमा रियल मड्रिड पाँच खेलमा विजयी भएको छ भने एक खेलमा पराजित भएको छ । एथ्लेटिको मड्रिड सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलमा तीन खेलमा विजयी भएको छ । एक खेलमा पराजित भएको एथ्लेटिको दुई खेलमा बराबरीमा रोकिएको छ । 

पछिल्लो अवस्था

पछिल्लो पटक गएको हप्ता च्याम्पियन्स लिगमा भएको मड्रिड डर्बीमा रियलले ३–० को प्रभावशाली जित निकाल्यो । त्यसअघि ला लिगा अन्तर्गत गएको अप्रिलमा भएको मड्रिड डर्बीमा १–१ को बराबरी भएको थियो । पछिल्ला तीन सिजनमा रियलले एथ्लेटिकोको च्याम्पियन्स लिग सपना टुटाउँदै आएको छ । युरोपका सबै प्रतियोगितामा गरेर पछिल्ला १५ खेलमा अपराजित रहेको रियल मड्रिडलाई बलियो मानिएको छ । उसले १० खेल जितेको छ भने पाँच खेलमा बराबरी खेलेको छ । बुधबारको सेमिफाइनल दोस्रो लेगअघि ला लिगामा भएका पछिल्ला खेलमा रियल र एथ्लेटिको दुवै विजयी भएका छन् । रियलले पछिल्लो खेलमा ग्रनाडालाई ४–० ले हराएको हो भने एथ्लेटिकोले एइबरलाई १–० ले हराएको हो । 

प्रतिक्रिया

एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले आफ्ना खेलाडीमाथि विश्वास रहेको र त्यही विश्वास नै आफ्नो टिमको सबै भन्दा ठूलो हतियार रहेको बताएका छन् । बुधबार रातिको खेलमा डिफेन्स राम्रो गर्ने र रहेक पटक अवसर सिर्जना गर्नका लागि प्रयास गर्ने बताएका छन् । यस्तै रियल मड्रिडका प्रशिक्ष जिनेदिन जिदानले आफूहरु अघिल्लो पटकको जस्तै प्रर्दशनका लागि प्रयासरत रहेको बताए । एथ्लेटिको आफूहरुलाई रोक्न लागि पर्ने भएकाले टिमलाई त्यहि अनुसार तयार पारिएको उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया