MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

मोदी श्रीलंका जाने भएपछि बारुलाको गुँड हटाइयो

कोलम्बो, वैशाख २५ – भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंका ली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्रीलंका जाँदैहुनुहुन्छ । बुद्ध जयन्तीको उपलक्षमा राजधानी कोलम्बोमा आयोजित वैशाखू नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नु हुनेछ । 

एसियाकै ज्योति (लाइट अफ एसिया)का नामबाट विश्वभरका अरबौं शान्तिप्रेमी जनताले श्रद्धा र भक्ति गर्ने भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु (महा परिनिर्वाण) को स्मरण गर्दै वार्षिक जयन्ती मनाइने तिथि बुधबार वैशाखशुक्ल पूर्णिमाको दिनलाई संयुक्त राष्ट्र संघले पनि अन्तर्राष्ट्रिय रुपमा मान्यता दिई युनाइटेड नेसन्स डे अफ वैशाख भन्ने नामाकरण गरेको छ । 

युनाइटेड नेसन्स डे अफ वैशाखको उपलक्षमा गरिने अन्तर्राष्ट्रिय वार्षिक बौद्ध सम्मेलन यस वर्ष कोलम्बोमा आयोजिना गरिएकाे छ । सम्मेलनलाई सम्बोधनपश्चात् हेलिकप्टरबाट प्रधानमन्त्री मोदी तथा श्रीलंका राष्ट्रपति विक्रम रणसिङ्घे कोलम्बोको स्थानीय एक बिशाल चिया बगान भ्रमण गर्नुहुनेछ । 

प्रधानमन्त्री मोदीले भारतको आर्थिक सहयोगबाट उक्त चिया बगानमा नवनिर्मित एक सुबिधा सम्पन्न अस्पतालको उद्घाटन गर्नु हुनेछ । त्यस अवसरमा त्यहाँ स्थित चिया बगान तथा भारतीय सम्पदा स्थलमा कार्यरत भारतीय नागरिकहरुलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

हवाई मार्ग वा हेलिकोप्टर अवतरण गर्दा बिषालु बारुलाहरुले चिल्न सक्ने खतराबाट जोगाउन र प्रधानमन्त्री मोदीको ब्यक्तिगत शारिरीक सुरक्षालाई ध्यानमा राखी कार्यक्रम स्थलभन्दा दुई किलोमिटर वरपरका अग्ला रुखहरुमा गुँड लगाएर बसेका हजारौंको सङ्ख्याका बारुलाहरुलाई श्रीलंकाका अधिकारीहरुले टाढाको जङ्गलमा चाकासहित सारिदिएको श्रीलंकाको मौरी संरक्षण सङ्गठनका प्रमुख तिस्सा बन्दरा थम्बाविताले बताउनुभययाे ।

गुँड स्थानान्तरण तथा अतिथिहरुलाई बारुलाबाट बचाउ कार्यका लागि आठ जना प्राविधिकहरुलाई खटाइएको पनि थम्बाविताले जानकारी दिनुभये । प्रधानमन्त्री मोदी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ । – रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • उडिरहेको जहाजको पंखा खसेर कारमा लाग्यो

    असोज ९ – जापानका उडिरहेको विमानको पंखा खसेर लाग्दा एउटा कारमा गम्भीर क्षति पुगेको छ । जापनको ओसाका शहरमा आकाशमा उडिरहेको जेट विमानको पंखाको भाग खसेर लाग्दा कारमा क्षति पुगेको हो ।

  • जर्मनी चुनावः मर्केल चौथोपटक चान्सलरमा निर्वाचित, नेश्नलिस्ट पार्टी पहिलोपटक संसदमा

    असोज ९ – जर्मनीमा भएको चुनावबाट एङ्गेला मर्केल चौथो कार्यकालका लागि चान्सलरको रुपमा निर्वाचित हुनुभएको छ । मर्केल चान्सलरको रुपमा चौथो कार्यकालका लागि निर्वाचित भएपनि संघीय चुनावमा उहाँको पार्टी कन्जरभेटिभ सिडियु/सिएसयुले भने राम्रो नतिजा ल्याउन सकेको छैन ।

  • ​ट्रम्प र किमको वाकयुद्ध ‘बच्चाहरूको झगडाजस्तै’

    काठमाडौं, असोज ८ – रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताउनु भएको छ ।

  • ट्रम्पका कारण अमेरिका परमाणु आक्रमणको निशानामा–उत्तर कोरिया

    असोज ८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व शान्तिका लागि सबै भन्दा ठूलो खतरा रहेको उत्तर कोरियाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाका विदेशमन्त्री रि योङ–होले ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण विश्व शान्तिमा ठूलो खतरा उत्पन्न भएको बताउनुभएको हो ।

  • इरानले गर्‍यो मिसाइल परीक्षण

    असोज ७ – इरानले मध्यम दूरीको मिसाइल परीक्षण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा इरान दुष्ट देश रहेको बताएको प्रतिक्रिया स्वरुप इरानले मध्यम दूरीको मिसाइलको सफल परीक्षण गरेको हो ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया