MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

बम विस्फोटमा परी एकै परिवारका सातजनाको मृत्यु

वैशाख २७ – अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मंगलबार सडककिनारमा रहेको एक बम विस्फोट हँुदा कम्तीमा सातजनाको ज्यान गएको छ ।  

आक्रमणमा परी तीन महिला र दुई बालबालिकासहित सात जनाको ज्यान गएको प्रहरी अधिकारीले बुधबार जानकारी दिएका छन् । 

मारिने सबै एकै परिवारका सदस्य रहेका बताइएको छ । हेरात प्रान्तको आद्रास्कान जिल्लामा दुडिरहेको एक गाडीमा विस्फोट पदार्थमा ठोक्किँदा गाडीमा भएका सबै व्यक्ति मारिएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल आजाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।  

अफगानिस्तानको राजधानी काबुलबाट ६ सय ४० किलोमिटर पश्चिममा पर्ने हेरात सहरको भएको यस आक्रमणमा तालिवान आतंककारी समूहको हात रहेको वालिजादाले दाबी गरेका छन् ।  

अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र त्यहाँ जारी द्वन्द्वको क्रममा भएका हिंसा र हत्यामा परी करिब सातसय १५ सर्वसाधारण ज्यान गएको छ भने, अन्य एक हजार चारसय ६० भन्दाबढी व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया