MENU

खेल

Ncell Axiata
USAID

आर्सनलको सम्भावना कायम, सान्चेज र जिरउडको गोल

वैशाख २८ – आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कायम राखेको छ । प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–० ले हराउँदै आर्सनलले शीर्ष चारमा रहने सम्भावना कायम राखेको हो । अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र ओलिभर जिरउडले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको आर्सनलका लागि ६० औं मिनेटमा सान्चेजले गोल गर्दै अग्रता दिलाए । सान्चेजले यो सिजन अहिलेसम्म लिगमा २० गोल गरेका छन् । ८३ औं मिनेटमा जिरउडले गोल गरेपछि आर्सनल २–० ले विजयी भयो । जितपछि पाँचौं स्थानका उक्लिएको आर्सनलको लिगका तीन खेल बाँकी हुँदा ६६ अंक भएको छ । आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा तीन अंकले पछि छ भने छैटौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले अघि छ । तीन खेल बाँकी हुँदा ४२ अंकसहित साउथह्याम्पटन १० औं स्थानमा छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया