MENU

खेल

Ncell Axiata
chhaka panja

युरोपको राजा रियल मड्रिड...

वैशाख २८ – साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि समग्रमा ४–२ को जितसहित रियल मड्रिड फाइनलमा पुगेको हो ।

फाइनलमा पुगेको रियल मड्रिडले बनाएका केही कीर्तिमान

  • रियल मड्रिड युरोपियन कप/च्याम्पियन्स लिगको फाइनलमा सबैभन्दा धेरै पटक पुग्ने क्लब हो । रियल अहिलेसम्म १५ पटक फाइनलमा पुगेको छ । दोस्रो स्थानमा एसी मिलान छ । मिलान ११ पटक फाइनलमा पुगेको छ । 
  • सन् १९५६ देखि १९६० सम्म लगातार पाँचपटक उपाधि जितेपछि रियल मड्रिड पहिलो पटक लगातार दुई सिजन फाइनलमा पुगेको हो । 

रियल मड्रिड हार्‍यो, तर पुग्यो च्याम्पियन्स लिग फाइनलमा

  • रियल मड्रिडले च्याम्पियन्स लिगमा अहिलेसम्म चार सय ९९ गोल गरेको छ । च्याम्पियन्स लिगमा ५०० गोल गर्ने पहिलो टिम बन्नका लागि उसलाई अब मात्रै एक गोलको खाँचो छ । 
  • रियल मड्रिडले यसअघिका १४ फाइनलमा ११ पटक जितेको छ । 
  • युभेन्टसले दुई पटक उपाधि जितेको छ भने ६ पटक फाइनलमा पराजित भएको छ । जनु फाइनलमा हारमा कीर्तिमान हो । 
  • प्रतियोगिताको नाम युरोपियन कपबाट च्याम्पियन्स लिग बनेपछि रियल र युभेन्टस छैटौं पटक फाइनलमा पुगेका हुन् । उनस एसी मिलानले बनाएको कीर्तिमानसँग बराबरी हो । 
  • एथ्लेटिको मड्रिड उही प्रतिद्वन्द्वीबाट लगातार चार सिजन पराजित हुने पहिलो टिम हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया